विज्ञापन

गुलरिया र बाँसगढीका भूमिहीनलाई लालपुर्जा वितरण, ५३ परिवारले पाए कानुनी जग्गा स्वामित्व

Image

बर्दिया — भूमिहीन दलित र सुकुम्बासी समुदायको वर्षौँदेखिको आशा अब पुरा भएको छ। बर्दिया जिल्लामा रहेका भूमिहीनहरुलाई सरकारको तर्फबाट कानुनी जग्गा स्वामित्व दिने प्रक्रिया अन्तर्गत ५३ जना लाभग्राहीहरुलाई औपचारिक रुपमा जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० वितरण गरिएको छ।

भूमि समस्या समाधान आयोगको कार्यालय बर्दियाले गुलरिया नगरपालिका अन्तर्गतका ४० जना र बाँसगढी नगरपालिका अन्तर्गतका १३ जना भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेको हो। गुलरिया नगरपालिकाको हलमा आयोजित विशेष कार्यक्रममा बर्दिया क्षेत्र नं। १ का संघीय सांसद सञ्जय गौतमको प्रमुख आतिथ्य, भूमि समस्या समाधान आयोगका अध्यक्ष अरुण प्रकाश सिंह राठौरको सभापतित्व रहेको थियो। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, उप–प्रमुख अनिता यादव, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव तथा उप–प्रमुख सावित्रा गौतम, बाँसगढी नगरपालिकाकी उप–प्रमुख इन्दिरा चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,नेकपा एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष शालिकराम अधिकारी लगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

सांसद सञ्जय गौतमले भने, लामो समयदेखि भूमिको अधिकारबाट वञ्चित समुदायलाई लालपुर्जा उपलब्ध गराउनु सरकारले दिएको संविधानिक अधिकारको प्रत्याभूति हो। उनले अझै पनि बाँकी रहेका भूमिहीनहरुको विवरण संकलन गरी व्यवस्थित बसोबास सुनिश्चित गरिने प्रतिबद्धता जनाए।

भूमि समस्या समाधान आयोगका अध्यक्ष अरुण प्रकाश सिंह राठौरले आयोगले देशैभर भूमिहीनको विवरण संकलन गरिरहेको जानकारी दिँदै, “हामी आयोगमा आएको निवेदनअनुसारको कार्यवाहीलाई निष्पक्ष र पारदर्शी रुपमा अगाडि बढाइरहेका छौं,” भने। गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले अझ धेरैले लालपुर्जा पाउनु पर्नेमा सगंम बस्तीमा वनको कानुन बाझिएकाले पाउन नसकिएकोमा सघिंय सासद सजय गौतम लाइ पहल गर्न अनुरोध गरे ।

यस कार्यक्रममा लालपुर्जा पाएका अधिकांश लाभग्राही दलित, आर्थिकरुपमा पिछडिएका तथा दीर्घकालदेखि सरकारी जमिनमा बसोबास गर्दै आएका नागरिक थिए। उनीहरुले लालपुर्जा पाउँदा अब आफ्नै नामको घर र जग्गा भएको अनुभूति गर्दै खुसी साटासाट गरे।लालपुर्जा वितरणको यो कार्यक्रमले न केवल लाभग्राहीहरुलाई कानुनी रुपमा भूमि स्वामित्व दिलाएको छ, तर उनीहरुको आर्थिक, सामाजिक तथा मानसिक सशक्तिकरणमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

भूमिहीन समुदायले अब लालपुर्जाको आधारमा विभिन्न सरकारी सेवासुविधा, बैङ्किङ पहुँच, घर निर्माण अनुदान, शिक्षा तथा स्वास्थ्य सेवामा समेत सहज पहुँच पाउनेछन्। यसैगरी बाँकी भूमिहीन नागरिकलाई समेत स्थानीय तहको सिफारिसका आधारमा आगामी दिनमा लालपुर्जा वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ।

https://youtu.be/E4658IaBgU8

विज्ञापन
विज्ञापन
विज्ञापन