राजापुर / राजापुर नगरपालिका वडा नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा कमिटी गठन गरिएको छ। रमेश प्रसाद जैसीको सभापतित्वमा मंगलबार सम्पन्न वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।
अधिवेशनले उपसभापतिमा सपना रोकाया र सचिवमा मनिराम चौधरीलाई चयन गरेको छ। त्यसैगरी अन्य ६ जना सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्। बाँकी दुई जना सदस्य भने सभापतिद्वारा पछि मनोनित गरिने जानकारी दिइएको छ।
नवगठित वडा कमिटीले पार्टीको संगठन विस्तार, जनतासँग प्रत्यक्ष संवाद तथा स्थानीय मुद्दाहरू उठाउने कामलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। साथै वडा स्तरमै सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्दै पार्टीको उपस्थितिलाई अझ बलियो बनाउने तयारी रहेको बताइएको छ।























