विज्ञापन

उपभोक्ता समितिका पदाधिकारीहरु लाइ अभिमुखीकरण

Image

भौराटप्पा सवांददाता
मसिंर २६, टपरा

राजापुर नगरपालिकाले पुर्वाधार एव बिकास निर्माणका लागि गठन गरिने उपभोक्ता समिति लाइ भोलिका दिनमा काम गर्दा सहजता होस भनेर अभिमुखीकरण दिने गरेको छ। यसै क्रममा मगंलबार का दिन राजापुर नगरपालिका वडा नं ६ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरु लाइ अभिमुखीकरण गरिएको सो वडा का वडा अध्यक्ष असराज न्यौपाने ले भौराटप्पा बुलेटिन लाइ बताउनु भयो।

राजापुर नगरपालिका वडा न. ६ द्धारा जनहितमा जारी सदेंश

नेपालको संविधान र स्थानीय सरकार सन्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको बिकास निर्माण सम्बन्धि कार्य सन्चालनका लागि पालिका ले उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन गर्न ऐन बनाइ स्थानीय तहलाइ अधिकार नै दिएको छ।

अभिमुखीकरण कार्यक्रम मा राजापुर नगरपालिका का उपप्रमुख मनकला चौधरी, वडा नं ६ का वडा अध्यक्ष असरसज न्यौपाने, सचिव अनिता चौधरी र योजना प्रशासन शाखा प्रमुख आनन्द जोशी लगायत स्थानीयको उपस्थिति थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन