विज्ञापन

शारदा बहुमुखी क्याम्पसको अध्यक्षमा भगत बहादुर नेपाली निर्विरोध निर्वाचित

Image

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरमा रहेको मैनापोखर शारदा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा भगत बहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन्। आठौँ अधिवेशन तथा साधारण सभाबाट चयन भएको नयाँ सञ्चालक समितिको औपचारिक घोषणा तथा शपथ ग्रहण कार्यक्रम चैत्र २२ गते सम्पन्न भएको हो।

क्याम्पसको आठौँ अधिवेशन तथा साधारण सभा चैत्र १४ गते सम्पन्न भए पनि सहमतिमा सञ्चालक समिति गठन हुन नसकेपछि निर्वाचन मण्डलले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिका अनुसार चैत्र १५ गते उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिएको थियो।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको संख्या आवश्यक पदभन्दा बढी नपरेको कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। निर्वाचन समितिले चैत्र १५ गते साँझ नै नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको थियो।

निर्वाचित सञ्चालक समितिको शपथ ग्रहण कार्यक्रम आइतबार चैत्र २२ गते सम्पन्न भएको छ। नवगठित समितिको अध्यक्षमा भगत बहादुर नेपाली निर्वाचित भएका छन् भने सदस्यहरूमा दिनबन्धु यादव, हरिहर चौधरी, राम बहादुर बोहोरा, साबिर हुसैन खाँ, गोमा पौडेल, मैनादेवी सापकोटा, नेत्रप्रसाद सापकोटा, भोदु प्रसाद थारू, प्रदीप चौधरी र भुपाल पुन रहेका छन्। सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्प बहादुर रावल रहेका छन्।

निर्वाचित अध्यक्ष भगत बहादुर नेपालीले शपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेका छन्। निर्वाचन समितिका संयोजक ढाकाराम लामिछानेका अनुसार कार्यक्रम क्याम्पसका निवर्तमान अध्यक्ष प्रेमराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरूले नव निर्वाचित सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन