विज्ञापन

बालक हराउदा परिवारमा बिचल्ली!

Image

ऋषि वाग्ले गोपाल

सेन्द्रा, मसिंर २९

राजापुर नगरपालिकामा वडा नं ३ सेन्द्रा टोल घर भएका कृष्ण थारु मसिंर २३ गते देखि हराइरहेका छन्। अन्दाजी ११ वर्ष उमेर भएका कृष्ण खेल्न भनि सोही ठाउ घर भएका आदित नेपाली सगं घर बाट गएको र त्यस पछि नफर्किएको उनको आमा टिकिया थारु बताउछिन्। उनि नजिकैको स्कुलमा कक्षा ४ मा अध्ययनरत थिए।

कृष्ण का बुवा ललकु थारु सधैं बिरामी भइ रहने हुनाले घरै बस्ने गरेका छन । आमाले ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेको र परिवारको आर्थिक स्थिति सार्है कमजोर भएकाले खोजी कार्यमा सहयोग गर्न वा कहि कतै कसैले देखी हाले नजिकै को प्रहरी कार्यालय वा ९८४८१४७३८४ मा जानकारी गराउन राजापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रसादु थारु ले अनुरोध गरेका छन।

इलाका प्रहरी कार्यलय राजापुर मा २६ गते का दिन जानकारी गराएपछि, इलाका प्रहरी कार्यालय राजापुर ले जिल्ला प्रहरी कार्यालय गुलरिया, महिला बाल बालिका शाखा मार्फत फोटो सहितको हुलिया परिपत्र गरिसकेको इ.प्र.का. राजापुर का सुचना अधिकारी एवं प्रहरी निरीक्षक प्रकास थापाले जानकारी गराउनु भयो।

आर्थिक बर्ष २०८०/८१ सुरु भए यता इलाका प्रहरी कार्यालय राजापुर मा १७ जना मानिस हराएको र खोजी गरी पाउ भनि परेको निवेदनमा ११ जना लाइ खोजेर परिवार को जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय राजापुर को तथ्याङ्कमा उल्लेख छ।

विज्ञापन
विज्ञापन
विज्ञापन