विज्ञापन

धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

Image

काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई  राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।

यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए । ratopati bata

विज्ञापन
विज्ञापन
विज्ञापन