हरि गुरुङ, ७ माघ, मधुवन । बर्दियाको मधुवन नगरपालिकामा तेस्रो औद्योगिक ब्यापारीक, कृषि साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । “साँस्कृतिक विविधता अनेकतामा एकता, मधुवनको पहिचान, कृषि, पर्यटन, ब्यापार र उद्यमशिलता हाम्रो पहिचान“ भने मुल नारा सहित तेस्रो मधुवन ब्यापारीक महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म लाग्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
महोत्सवमा मधुवन नगरपालिका संरक्षक रहेको छ । आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश रहेको महोत्सवको मुख्य आयोजक मधुवन मधुवन उद्योग वाणिज्य संघ रहेको छ । मधुवन नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरि प्रचार प्रसार गर्ने र योजनाबद्ध विकासमा टेवा पुर्याइ आर्थिक उपार्जन गर्ने महोत्सवको लक्ष्य छ । कृषिमा आधारित स्थानीय उत्पादनको ब्यापार प्रवद्र्धन र निर्यात ब्यापारलाई प्रोत्साहन गर्ने, स्थानीय उद्योगलाई दिगो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने, पर्यटन व्यावसायको विकास र प्रवद्र्धन गर्ने र लोपोन्मुख कला संस्कृति तथा भेषभुषाको जगेर्ना गरि नेपाली संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ तेस्रो मधुवन औद्योगिक व्यापारीक कृषि साँस्कृतिक तथा पर्यटन महोत्सव २०८१ संचालन हुन गइरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष दुर्गा रिमालले जानकारी दिनुभयो ।
महोत्सवमा १ सय ५० स्टल रहनेछ भने नगरका १ देखि ९ वडासम्मका व्यापारीले स्टल लिन चाहेमा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिएको छ । तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुति र विभिन्न जातजातिका पौराणिक भेषभुषा सहितको साँस्कृतिक झाँकी रह्ने आयोजकले जनाएको छ । मधुवन नगरपालिका क्षेत्रमा लुकेर रहेका क्षमतावान नृत्य प्रतिभाहरुको खोजी त्यसको सम्बद्र्धन र प्रबद्र्धनको लागी मधुवन डान्स आइडल सञ्चालन समेत गरिनेछ ।
डान्स आइडल विजेताहरुलाई पुरस्कारको व्यवस्था गरेको छ । प्रथम पुरस्कार २० हजार, दोस्रो १२ हजार, तेस्रो ७ हजार र सान्त्वना ३ हजार रहेको छ भने नाम दर्ता अन्तिम मिति १४ माघ २०८१ कार्यालय समयमा दर्ता गरिसक्नुपर्ने छ । मधुवन उद्योग वाणिज्य संघलाई आर्थिक र भौतिक रुपले सक्षम बनाई मधुवन नगरपालिकामा बसोबास गर्ने ब्यक्तिलाई आर्थिक, सामाजिक र शैक्षिक रुपले सबल र समृद्ध बनाउन थप योगदान गरि जनताको जिवनस्तर उठाउने महोत्सवको ध्येय रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।























