विज्ञापन

राजापुरमा डेंगु फैलिन नदिन लार्भा नष्ट

Image

राजापुर/ राजापुरमा नगरपालिकाले डेंगु समुदायमा फैलन नदिन लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । जाडो याम सुरु भए पनि डेंगुका बिरामी छिटपुट देखिएकाले जोखिम बढ्नु पुर्व समुदायमा सचेतना फैलाइएको हो ।
राजापुर नगरपालिकाका उपमेयर मनकला चौधरीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, वडा अध्यक्षहरु, इ.प्र.का. राजापुरका प्रमुख सागर बोहरा, महिला स्वास्थ्य स्वंयम सेविकाहरु, कर्मचारीहरु एवं स्थानियहरुले राजापुर बजार क्षेत्रमा भएका पानि जम्ने र डेंगुको खतरा उत्पन्न गराउन सक्ने ठाउ पहिचान गरी लामखुट्टेको बासस्थान नष्ट गरिएको थियो ।

डेंगु सरुवा रोग हैन । तर, लामखुट्टेको टोकाइबाट सर्ने र पैmलने गर्छ । एडिज प्रजातीको लामखुट्टेले डेंगु सर्छ र यो लामखुट्टेले प्रायः दिउसो मात्र टोक्छ । तसर्थ डेंगु बाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन