जिल्ला आयुर्वेद औषधालय बर्दिया मातहतमा संचालित नागरिक आरोग्य केन्द्र राजापुरमा बैशाख महिना यता अभाव रहेको औषधी को परिपुर्ति भएको छ । आम जन गुनासोपछी भौराटप्पा बुलेटिनमा समाचार प्रकाशन भएपछी राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले २ दिन भित्रै औषधि आपुर्ति गराउनु भएको हो । जिल्ला आयुर्वेद औषधालयको जिम्मा भएपनी राजापुर नगरपालिकाका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा औषधि खरिदका लागी ५ लाख रुपैया बिनीयोजन गरेको थियो । औषधि खरिद कस्ले गर्ने के गर्ने भन्ने अन्योलताका बावजुत औषधि खरिद गर्न बठिनाइ भएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनु भयो । आरोग्य केन्द्रमा आइपुगेको औषधी राजापुर नगरपालीका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेलको रोहभरमा आरोग्य केन्द्रका प्रमुख हेमा चौधरीलाई हस्तान्तरण गरिएको छ ।

























