
ऋषि वाग्ले
राजापुर, मसिंर २८
बालबिवाह उच्च रहेको मुलुक मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ। चेतनाको कमी, सहि सुचनाको अभाव, विधालय पहुँचको अभाव, किशोरी का लागि सुरक्षाको अभाव तथा सामाजिक बहिस्कार जस्ता पक्षहरूले गर्दा बालविवाह भइरहेको छ।
विवाह गर्ने न्युनतम उमेर २० वर्ष कानुनमा तोकिएको छ। उक्त कानुन को उल्लंघन गरेमा सजाय एव जरिवाना पनि हुने गर्दछ। तर पनि बाल बिवाह भइरकेको परिप्रेक्ष्यमा बर्दिया को राजापुर नगरपालिका मा बालविवाह को दुष्चक्रलाइ तोड्नका लागी प्लान इन्टरनेसनल र राधाकृष्ण थारु जनसेवा केन्द्रले नगरपालिका को सहकार्य मा विभिन्न चेतनामूलक कार्यक्रमहरू एव गतिबिधि गर्दै आएको छ। सोहि अवसरमा बालविवाह बिरुद्ध चेतना फैलाउने उदेश्यले राजापुर नगरपालिका को वडा नं ३ टेडिया चोक र वडा नं ८को भेरी मा.वि. धोबिनिपुर मा सडक नाटक मञ्चन गरिएको छ।

नाटक मञ्चन गर्दै कलाकारहरु
सडक नाटकमा कसरी बालबिवाह गर्दा स्कुल जान बाट बन्चित हुन पर्ने, घरझगडा बढ्ने , सानै उमेरमा गर्भधारण भइ बच्चा जन्माउँदा ज्यान समेत जाने लगायतका दृश्यहरु देखाइएको थियो।
भिडमा उपस्थित भएर सडक नाटक हेरि रहेका राजापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रसादु थारु ले समाजमा भएको बालबिवाह जस्तो बिकृति लाइ यसले राम्रो प्रहार गरेको बताए। यो नाटक हेरे पछि स्थानीय ले बालबिवाह नगर्नेमा उनी विश्वस्त छन।

बाल बिवाह र यसले पार्ने असर का बारेमा नाटक एकदमै मनछुने खालको रहेको र यसले पक्कै पनि समाजमा सकारात्मक असर पार्ने राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष राजकिरण थारु ले बताउनुभयो।
बालबिवाह, लागु पदार्थ दुर्व्यवसन , लैंगिक हिंसा बढिरहेको अवस्थामा यसलाइ न्युनिकरण गर्ने र कोही पनि यस्ता काममा नफसोस भन्ने नाटक को उदेश्य रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर रेनु चन्द ले बताउनुभयो।

रेनु चन्द, फिल्ड सुपरभाइजर, राधाकृष्ण थारु जनसेवा केन्द्र
राजापुर नगरपालिकामा को सहकार्यमा प्लान इन्टरनेसनल र राधाकृष्ण थारु जनसेवा केन्द्रले बालिका शसक्त परियोजना सचांलन गरेको छ। बर्दियामा राजापुर लगायत ठाकुरबाबा एवं बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा समेत सोही योजना परिचालन भइरहेको छ।
























