राजापुर / ऋषि वाग्ले गोपाल
राजापुरका मेयर दिपेश थारुले नगरबासीको स्वास्थ्य सुधारका लागी नगरसभा मार्फत आरोग्य केन्द्र व्यवस्थापन एवं औषधी खरिदका लागी ५ लाख रुपैया बिनियोजित गरेका थिए । आर्थिक वर्ष २०८०/८१ को ५ महिना बढि बिति सक्दापनि सो शिर्षकको पुजिंगत खर्च शुन्य छ ।
बर्दियाको राजापुर नगरपालिमा रहेको नागरिक आरोग्य केन्द्रमा औषधी सकिएर भण्डारण कक्षको र्याक शुन्य प्राय हुदै गएको छ । औषधी शुन्यहुदै जादा सेवाग्राही मर्कामा पर्ने गरेका छन । आरोग्य केन्द्रमा २३ प्रकारका औषधी हुनुपर्नेमा हाल ८ प्रकारका औषधी मात्र उपलब्ध छ र त्यसको सख्या पनि एकदमै न्युन छ ।

पछिल्लो समयमा राज्यले आयेर्वेदिक उपचार पद्धतीमा ठुलो रकम लगानी गर्दै आएको छ । जसको फल स्वरुप जनतामा यो पद्धती प्रति बिश्वास बढ्दै गएको छ । राजापुर नगरपालिकाका जनप्रतिनिधि हरुले पनि आयुर्वेदको महत्व राम्ररी बुझेकाले यस वर्ष व्यवस्थापन एवं औषधी खरीदका लागी ५ लाख रुपैया बिनियोजन गरेका छन् । तर राजापुर नगरपालिकाको स्वास्थ्य शाखाको चरम लापरवाहीका कारण आरोग्य केन्द्रका लागी छुट्यााइएको रकम खर्च भएकै छैन र मसिंरको दोस्रो साता बितिसक्दापनी सो शिर्षकबाट पुजिंगत खर्च शुन्य भएको लेखा शाखाले जनाएको छ ।
यस बिषयमा राजापुरनगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र जगं शाहीले औषधी खरिदगर्ने जिम्मा स्वास्थ्य शाखाको भएकोले स्वास्थ्य शाखा प्रमुखलाइ आफ्नै कार्यकक्षमा बोलाएर छिट्टै प्रक्रिया थाल्न निर्देशन दिए ।
औषधी खरिद गर्ने जिम्मा पाएका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले आफुलाइ यस बिषयको जानकारी भएको र यसै साता औषधी ल्याउने बताए ।

आरोग्य केन्द्रमा कतिपय औषधीहरु यसवर्षको बैशाख जेष्ठ बाटै सकिएको रेकर्डमा सजिलै हेर्न सकिन्छ । रेकर्डका अनुसार अश्वगधां चुर्ण बैशाख १६ गतेबाट,गन्धक रसायन बैशाख १२ गते बाट, मृग मदासव बैशाख २६ गते बाट, महानारायण तेल २०७९ चैत्र ३० गते बाट सकिएको छ। कुल २३ प्रकारका औषधी बाट उपचार गरिने आरोग्य केन्द्रमा १५ प्रकारका औषधी सकिएको महिनौ भयो ।

स्वास्थ्य जस्तो अति सवेंदनशिल बिषयमा पालिकाका जिम्मेवार कर्मचारी गभिंर नभइदिदा जनप्रतिनिधिले मेहनत गरेर बनाएको बजेट निस्क्रिीए भइ रकम फ्रिज हुने र जनताले दुखः पाउने र स्थानिय सरकार प्रति अविश्वासको अवस्था सिर्जना हुने देखिन्छ ।
वडा नं ४ ज्येष्ठ नागरिक सजांल, राजापुरका अध्यक्ष कृष्ण शर्मा आफु मधुमेहको बिरामी भएकाले बिगतमा यहा बाट औषधी लाने गरेतापनि हाल २ महिनादेखी खाली हात फर्किनु परेको बताउछन ।

कविराज हेमा चौधरी र सेवाग्राही
आ.व. २०८० को साउनमा ३३५ जना, भदौ मा २०२ जना, असोजमा २८९ जना र कार्तिक महिनामा १३७ जना बिरामीले सेवा पाएका छन । औषधी नभएकाले अधिकतर बिरामी आरोग्य केन्द्र पुगेर खाली हात फर्कन बाध्य छन । यस वर्षका लागी पालिकाले रकम छुट्याएको भएतापनि हाल सम्म औषधी खरिद नभएकाले सेवाग्राहीको सख्या घटेदै गएको तथ्याकंले देखाउछ ।
सेवामा सुधार गरी जनतालाइ राम्रो सेवा दिने हो भने जनप्रतिनिधिहरुले सालमा एकपटक बजेट छुट्याएर मात्र पुग्दैन। सो बजेट सहि ठाउमा उपयोग भए नभएको सुनिीश्चत गर्नु पर्ने हुन्छ , बेला बेलामा छड्के जाच गर्नुृ पर्ने हुन्छ । स्थानिय सरकारले बिनियोजित गरेको बजेट समयमा खर्च नहुदा सेवाग्राहीले सेवा नपाउने अवस्था सिर्जना नहुनदिन स्वतस्फूर्त भएर लाग्नूपनेृ हुन्छ ।






















