विज्ञापन

६ महिना देखि ५८ महिना सम्मका बालबालिकाहरुको कुपोषण मापन

Image

धोबिनपुर/ राजापुर नगरपालिका वडा न. ८ का ६ महिना देखि ५८ महिना सम्मका बालबालिकाहरुको कुपोषण मापन गरिएको छ । वडामा रहेका फरक फरक ४ स्थानमा ४ दिन सम्म चेकजाच गरिएको थियो । चेकजाचमा कुपोषित बालबालिका नभेटिए पनि २५ वटा मध्ययम कुपोषित बालबालिकाहरु भेटिएको आधारभुत स्वास्थ्य चौकी, धोबिनपुरका इन्चार्ज बिबेक अधिकारीले जानकारी दिनु भयो ।
राजापुर नगरपालिकामा बेला बेलामा कुपोषित बालबालिका देखा पर्ने गरेकाले गतवर्ष झै यसवर्ष पनि चेकजाच शिविर चलाइ समस्याको पहिचान गर्न खोजिएको राधाकृष्ण थारु जनसेवा केन्द्र कि फिल्ड सुपरभाइजर रेनु चन्दले जानकारी दिनु भयो ।

मध्ययम कुपोषणमा परेका २५ जनाका अभिभावकलाइ सोहि वडाका अध्यक्ष राजकिरण थारुको रोहवरमा पोषण सम्बन्धि जानकारी दिइएको छ ।

राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको सशक्त बालिका परियोजनालाई प्लान इन्टरनेशनलले आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्चालन गर्दे आएको छ । सशक्त बालिका परियोजना राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकामा सञ्चालन भइ रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन