विज्ञापन

सिकलसेल बिरुद्ध जनचेतना

Image

राजापुर,असार ३१ / सिकलसेल रगत सगं सम्बन्धी रोग हो । अपवाद बाहेक थारु समुुदायमा मात्र देखीएको यस रोगकोबारेमा भएको भ्रम चिर्न र समुदायलाइ सचेत बनाउन राजापुर नगरपालिकामा वडा न. २ मा रहेको युनिक नेपालमा जनचेतना मुलक कार्यक्मको आयोजना गरीएको छ ।

हाम्रो शरीरमा भएको रगतका कोषिकाहरु हसिया जस्तो बन्न गइ रक्तप्रवाहमा अवरोध आउनुु लाइ सिकलसेल भनिन्छ । सिकलसेलका बिरामीमा लक्षण फरक फरक हुुने गर्दछ र यसले शरीरका हरेक अगंमा क्षति पुुर्याउने गर्दछ ।
चिकित्सकको सम्पर्कमा जतीसक्दो पुुग्ने र चिकित्सकको सल्लाह अनुसार औषधी खाए बाकी जिवन सहजै बिताउन सकिन्छ । सिकलसेल भएको थाहा पाए पछि बिरामीले पोषिलो खानेकुरा खाने र जिवन शैली लाइ सुुधारे लामो आयुु बाच्न सकिने पुर्व भुमिसुुधार मन्त्र िडा. गोपाल दहितले बताउनुु भयो ।

युनिक नेपालको केन्द्रिय कार्यालयमा भएको जनचेतनामुलक कार्यक्रमको सभापतित्व युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले गर्नु भएको थियो भने सिकलसेल एनिमिया समाजका अध्यक्ष प्रभुथारुले सहजीकरण गनु भएको थियो ।
कार्यक्रममा राजापुर एवं गेरुवाका स्थानियहरु, गाउ बरघरहरु, विधार्थी लगायतको उपस्थिती थियो ।
सहभागी बिधार्थीहरुले बिगतमा आफुहरुलाइ सिकलसेलको सतही ज्ञान मात्र थियो भने यो कार्यक्मबाट धेरै नया र तथ्यमा आधारित कुराहरु सिक्न पाएको बताए ।

हाल नेपाल सरकारले सिकलसेलका बिरामीहरलाइ एकलाख बराबरको सहयोग उपलब्ध गराउदै आएको छ । राजापुर नगरपालिकाले पहिचानमा आएका बिरामीहरुको स्वास्थ्य बिमा गर्ने गरेको छ ।
यो रोगलाइ समुदायमा फैलिन नदिन धेरै भन्दा धेरै जेनचेतना फैलाउन पर्ने र भएका बिरामीहरुलाइ सहज र सित्तैमा उपचार गर्नु पर्ने हुन्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन