विज्ञापन

रेबिज बाहक जनावरहरूलाइ भ्याक्सिन लगाउनुनै उत्तम रोकथाम ।

Image

ऋषि वाग्ले
असोज ११,
राजापुर

जगंली जनावरको टोकाइबाट सर्ने रोगहो रेबिज। अझ ९९% कुकुर ले टोकेर नै रेबिज हुने गरेको तथ्याङ्कले बताउँछ। रेबिज संक्रमण भएको कुकुर ले टोकेमा यो रोग लाग्ने गर्दछ। जनावरको र्यालमा रहेको भाइरस टोकाइबाट घाउमा पुग्छ। यो भाइरस रगत र छालामुनिको भित्री मासपेशी हुदै स्नायु , मेरुदण्ड र अन्तमा गिदीसम्म पुग्छ , त्यसपछि बिरामी पानि प्यास लागेपनि पानिि पिउन नसक्ने, पानि देखि डराउने एव रिसाउने गर्दछ।

राजापुर नगरपालिका वडा नं. ५ द्धारा जनहितमा जारी
रेबिज ले स्नायुप्रणाली सगैं स्वासप्रस्वास मा बाधा उत्पन्न गराइ हृदयघात हुन्छ र बिरामीको मृत्यु हुन्छ। यसबाट बच्न घरमा पालेका कुकुर, बिरालो लाइ रेबिज विरुद्धको खोप लगाउनु नै उत्तम उपाय हुने

बहुला वा शकांस्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै साबुन पानि वा सफा पानिले टोकेको भागमा १० मिनेट सम्म राम्ररी सफा गरी घाउमा डिटोल झोल लगाइ रेविजको प्राथमिक उपचार गर्नु पर्दछ भने तुरुन्तै नजिकै को स्वास्थ्य संस्था मा लैजानु पर्दछ। रेबिज रोगको सक्रंमण बिरामी को शरीर मा फैलनु पुर्व नै यसको उपचार गर्नुपर्ने , संक्रमण फैलिएपछि यसको कुनै पनि उपचार नभएको चिकित्सक बताउँछन्।

पछिल्लो समयमा समुदायमा छाडा कुकुर को सख्या बढ्नु र तिनिहरुको उचित व्यवस्थापन हुन नसकेको अवस्था छ। आ.व. ७७/७८मा १२७९जना, ७८/७९ मा १५७५ जना, ७९/८० मा २०९० जना लाइ बर्दियामा कुकुर ले टोकेका घटना हरु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दिया ले जनाएको छ।

राजापुर नगरपालिका वडा नं. ५ द्धारा जनहितमा जारी


यसरी पछिल्लो समयमा बर्दियामा कुकुरको टोकाइमा बृद्धि हुदै गएको अवस्थामा राजापुर नगरपालिकाले रेबिज रोगको सुरुवात बिन्दु (कुकुर बिरालो)लाइ नै सतप्रतिशत रेबिज विरुद्धको भ्याक्सिन लगाइ रहेको छ। यसरी रोग सार्ने जनावर हरुलाइ नै बेलैमा खोप लगाएपछि भोलिका दिनमा ति जनावरहरुले कदमकदाचित कसैलाइ टोकीहालेमा पनि आत्तिनुनपर्ने पशुचिकित्सक डा. बिनु शाह बताउछिन् ।

पछिल्लो समयमा पशु कार्यालय हरुमा रेबिजको भ्याक्सिन र अस्पतालहरुमा रेबिजको सुइ नियमित रूपमा उपलब्ध हुन नसकेको अवस्था पनि छ। यसरी सुइ नहुदा यहाका बासिन्दाहरू बर्दिया भन्दा बाहिरको सरकारी एवं निजी अस्पतालमा जान बाध्य छन। यद्यपि बर्दिया का ८ पालिका मध्ये केहि पालिकामा भ्याक्सिन लगाउने गरिएता पनि नियमित र प्रयाप्त भने छैन। सरकारले रेबिज रोगलाइ जरैदेखि निर्मूल गर्ने हो भने रेबिज विरुद्धको भ्याक्सिन नियमित रुपमा पशुकार्यालय लाइ उपलव्ध गराउने र प्रत्येक घरमा पालिएको कुकुर बिरालो लाइ रेबिज विरुद्धको भ्याक्सिन लगाउनुनै पर्ने बाध्यकारी निति ल्याउनुपर्ने हुन्छ।

विज्ञापन
विज्ञापन
विज्ञापन