ऋषि वाग्ले
बर्दिया, कार्तिक ११ ।
प्रविधी र सुचनाको क्षेत्रमा बिकास भएसगैं साइबर अपराधको जालो नेपालमा मात्र नभइ विश्वभर द्रुतगतिमा बढिरहेको छ । अझ नेपालजस्तो विकासोन्मुख मुलुकमा किशोर किशोरीहरु साइबर अपराधको दलदलमा फसेको सर्वविदितै छ। इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने साइबर अपराधका बारेमा अधिकतर उपयोगकर्तालाइ नै जानकारी छैन ।

कम्प्युटरका बिभिन्न माध्यम दुरुपयोग गरी अरुलाइ हानी पुर्याउने वा आर्थिक लाभ लिने घटना विश्वव्यापी रुपमा बढेसगैं बर्दियामा पनी यसको ग्राफ बढेदो छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता हुन आएका उजुरीको सख्या हेर्नेहो भने २०७८÷७९ मा ३६,२०७९÷८० मा ४७ र २०८०÷८१को हाल सम्ममा ४२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी तुल्सी राम अर्यालले बताए ।

फोटो- तुल्सी राम अर्याल
पछिल्लो समयमा गाउले परिवेशमा पनि साइबर अपराधका घटना बढेदै गएको र ख्याल ख्याल, लारवाही एवं आवेशमा आएर सामाजिक सजांलमा जथाभावी लेख्ने, चरित्र हत्या गर्ने जस्ता व्यक्तिगत रिसिबी निकाल्न खोज्दा साइबर अपराधका फन्दामा परेका छन् भने ठुला शहर एवं महानगरहरुमा पासवर्ड ह्याकिगं, क्रेडिट कार्डको अवैध प्रयोग, कपिराइट र यौन सम्बन्धि अपराध र सफ्टवेयरको अनधिकृत प्रयोग आदी अपराधहरु हुने गरेका छन ।
यस्ता अपराधहरु लाइ एकैचोटी समाप्त गर्न नसकेपनि सामाजिक सजांल एवं विधुतिय प्रणलीको सही प्रयोग कसरी गर्ने, यति गर्दा गर्दै पनि साइबर अपराधको फन्दामा परे कहा र कसरी प्रहरीमा उजुरी गर्ने भनेर जनजनमा फैलाउनु पर्ने हुन्छ । नेपालको सविंधानमा साइबर अपराधको जालोमा कदमकदाचित फसीहाले सबिंधानमा उपचारको व्यवस्था भएको कम्प्युटर एसोसिएसन अफ नेपाल, बर्दिया शाखा अध्यक्ष सुर्य के.सी बताउछन ।

फोटो – सुर्य के.सी / सामाजिक सञ्जाल
पछिल्लो समयमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । यसको प्रयोगले हाम्रो काम सहज पनि भएको छ। विश्वको एक ठाउमा बसेर आर्को ठाएमा हुन सक्ने यो अपराध जटिल पनि छ । यसलाइ रोक्न सरोकार वाला निकायले साइबर चेतना फैलाउनु जररी छ भने सर्वसाधरणले पनि विधुतिय कारोवार वा सामाजिक सजांल प्रयोग गर्दा चनाखो हुनु पर्ने देखिन्छ ।























