
नेपालगन्ज-१८, तेजनगरको मनकामना मा. वि. मा कक्षा -७ मा अध्ययनरत छात्रा तेजिला महतारा लाइ ब्लड क्यान्सर भै हाल कान्ति बाल अस्पताल काठमाडौंमा उपचाररत छिन । उनको प्रारम्भिक उपचारमा धेरै पैसा खर्च भइसकेको र भएको बचतपनि सकिएकाले तेजिकाको परिवार ले सामाजिक सञ्जालमा आर्थिक सहयोगको लागि अपिल गरेका छन। राजापुर नगरपालिकामा पनि गणेश अर्यालको संयोजकत्वमा सहयोग सकंलन हुदैछ। राजापुर नगरपालिका का स्वास्थ्य शाखा प्रमुख समेत रहेका गणेश अर्यालले हाल लाइ ५४००/- सहयोग गरेको र फेरी पनि सहयोग गर्ने बताउँदै मनका धनी जो कोही पनि यो अभियानमा जोडिन सक्ने बताए ।
१२ बर्षिया तेजिला महतारा लाइ सहयोग गर्न चाहने इच्छुक महानुभावले कृषि विकाश बैंक, महाराजगञ्ज शाखामा तेजिका महताराको नाममा रहेको खाता न. ०२-१०४-०५४४०४२०-०१-२ मा वा क्यु आर कोड मार्फत पनि सहयोग गर्न सकिन्छ।























