विज्ञापन

सत्तीमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण, सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं। ७ सत्तीमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखाको समन्वय तथा स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं ७ का स्थानीय बासिन्दाहरूको नसर्ने रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य कार्यालय धनगढीका प्रतिनिधि मीन बहादुर धामीका अनुसार कार्यक्रममा ६९ जना महिला र ३६ जना पुरुष गरी जम्मा १०५ जनाले सेवा लिएका छन्। कार्यक्रममा सहभागीहरूलाई मिर्गौला सम्बन्धी समस्या, उच्च रक्तचाप (प्रेसर), बाथ रोग लगायतका नसर्ने रोगबारे स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य सचेतना तथा परामर्श प्रदान गरिएको थियो।

स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध हुँदा सर्वसाधारणलाई सहज भएको भन्दै सहभागीहरूले यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आयोजक पक्षले पनि भविष्यमा अन्य वडाहरूमा यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन