
राजापुर/राजापुर नगरपालिका वडा नम्बर ५ ले स्वास्थ्य जाँच अभियान सुरु गरेको छ । वडा भित्रका जेष्ठ नागरिक, अशक्त,अपाङ्ग तथा दीर्घ रोगीहरुलाइ घर दैलो स्वास्थ जाँच अभियानको एक कार्यक्रमका बिच सुरु गरिएको छ । अभियानको आज वडा नम्बर ५ का अध्यक्ष रमेश दहितले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दहितले तोकिएका बर्गका नागरिक हरु सोस्फुर्त रुपमा हिडडुल गर्नुका साथै स्वच्छ जीवन यापन गर्न पाउन भन्ने उदेश्यले अभियानको थालनी गरिएको भन्दै नसर्ने रोग बाट सचेत रहन नियमित जाँचको आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । स्थानीय बरघर बेचुलाल थारुको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा ५० बढी जेष्ठ नागरिक, अशक्त,अपाङ्ग तथा दीर्घ रोगीहरुको सुगर,प्रेसर,पिसाब, जाँच गरिएको छ । । स्वास्थ्य सेवा बारे जानकारी दिदै बदालपुर स्वास्थ्य चौकिका प्रमुख तेज बहादुर थारुले १२ दिन सम्म कार्यक्रम जारी रहने भन्दै उक्त उमेर र बर्ग समुहका सम्पुर्ण नागरिकलाई सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रमको वडा नम्बर ५ का सचिव अमित दहितले संचालन गर्नुभयो ।






















