विज्ञापन

राजापुर नगरपालिकामा रक्तसञ्चार सेवा (ब्लड बैंक) सुचारु

Image

राजापुर,असार २८/ राजापुर नगरपालिकामा रक्तसञ्चार सेवा (ब्लड बैंक) सुचारु गरिएको छ। ब्लड बैंक सुचारु भएपछी सिकलसेल, थालेसिमिया लगायतका बिरामी लाइ सहज हुने अपेक्षा गरिएको छ।

राजापुर नगरपालिका वडा न. ८ भोगपुरका भोजराज चौधरी सिकलसेलका बिरामी हुन । बेला बेलामा स्वास्थ्यमा समस्या आइ रहन्छ । स्वास्थ्यमा समस्या हुदा उनलाइ नेपालगञ्जमा रेफर गरीन्छ र रगत चढाइन्छ । तर अब रगत मात्रै चढाउन पर्ने अवस्थामा उनलाइ नेपालगञ्ज जानु पर्देन । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा ब्लड बैंक सञ्चालनमा आएको हुनाले उनि र उनि जस्ता कैयन सिकलसेलका बिरामी लाइ राजापुरमै रगत पाउने र चढाउने भए पछि उनि खुसी छन ।
निम्न आय भएका भोजराज काठ उद्योगमा मेहनत मजदुरी गरेर जिविकोपार्जन गर्दे आएका छन । अबदेखी रगत चढाउनुपर्ने अवस्था आइ हाले आफ्नै पालिकामा भएको अस्पतालमै सेवा पाउने छन साथै नेपालगञ्ज मा जादा लाग्ने समय र पैसाको बचत हुने छ ।

बिहिवार एक कार्यक्रमका बिच राजापुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ब्लड बैंकको शुुभारम्भ गरीएको छ । शुभारभ्भको अवसरमा नगरप्रमुख एवं प्रमुख अतिथी दिपेश थारुले बिगतमा राजापुरमा रक्तदान हुने गरेता पनि ब्लडबैंक नभएकाले गुलरीया नेपालगजं पठाउनु परेको स्मरण गर्नु भयो ।
हाल राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राजापुर बाहेक गेरुवा गाउपालिका र टिकापुर नगरपालिकाका तल्लो भेगका बिरामीहरुले औषधोउपचार गराउने गरेको राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरीले बताउनु भयो ।
राजापुर नगरपालिकाका प्रमुख प्रसााकिय अधिकृत दशरथ बुढाले रक्त सञ्चार सेवा लाइ सुरु गरेर मात्र नहुने यसलाइ दिगो बनाउन २४ घण्टानै राम्रो सुविधा दिनु पर्ने बताउनु भयो ।
उद्धघाटनको अवसर पारेर गरीएको रक्तदानमा जनप्रतिनिधि, कर्मचारी एव सर्वसाधरणले रक्तदान गरेका थिए । सो अवसरमा ३२ पिन्ट रगत सकंलन भएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन