
बर्दिया, बैशाख १५ / चितुवाको आक्रमणबाट ९ बर्सिय बालिकाको गुलरियामा सोमबार बिहान मृत्यु भएको छ । गुलरिया नगरपालिका स्थित वडानं ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आपन्तसँग दाउरा बटुल्न चितुवाले आक्रमण गरेको थियो । ति बालिका गेरुवा गाउँपालिका –६ कि रहेको खुलेको छ ।
मृतक खड्का गुलरिया आफन्तको ब्रन्तबन्धको निम्ता मान्न र आमा नभएकि खड्का घरसल्लाह बमोजिम पढन गुलरिया आएको बुझिएको छ । घटनास्थल गुलरिया नगरपालिका डम्पिङ साईड नजिक पर्ने भएकाले फोहोर फाल्न पुगेका सरसफाईकर्मीले बालिकाको उद्धार गरेका थिए । चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भईसकेको एसपि केदार खनालले जानकारी दिए ।























