बर्दिया जिल्लाको गुलरिया नगरपालिका ४ स्थित तुलापुरमा रहेको भरत चन्दको घरमा आगलागि हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको छ । राती सुतिरहेको समयमा करिब साढे १० बजेको समयमा आगलागी हुँदा घर भित्रै ४ जनाको मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा आगलागि हुँदा डेढ बर्षिय कार्तिक चन्द, ७ बर्षिय कृष चन्द, ९ बर्षिया मानसी बुढा र ३६ बर्षिया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २७ बर्षिया करिस्मा चन्द आगलागिमा परि घाईते भएकी छन् । उनलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको छ । मृतक मध्ये राधा बुढा छोरी लिएर माइत गएकी थिईन् भने दुई बालबालिका घरमै सुतेका थिए ।

आगलागि हुनुको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले बताउनु भयो । साँझ खाना खाई सुत्ने कोठामानै आगो तापेर सुतेको बेलामा आगलागि भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ । इट्टा र टायलबाट बनेको घरको एक कोठा पुर्ण रुपमा नष्ट भएको छ । आगलागिको घटना थाहा हुनासाथ नेपाल प्रहरी शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिईएको थियो ।






















