विज्ञापन

बर्दियाका युवा लागु औषध (खैरो हेरोईन) सहित कैलालीबाट पक्राउ

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्रौलाबाट बर्दियाका एक युवा लागु औषध ९खैरो हेरोईन सहित पक्राउपरेका छन ।

आईतबार ५.३० बजे ईलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको प्रहरी टोलीले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा न १ हिमालीपुरका २३ बर्षिया पारस थारुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाक्षेत्रीले जानकारी लिनु भएको छ ।

जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं ९ खक्रौला स्थित सडक खण्डमा शंकाष्पद रुपमा हिडडुल गरी रहेको अवस्थामा फेला पारी रोकी रित पुर्वक निजको शरीर तलासी गर्दा निजको साथबाट प्लास्टिक बाहेक कुल शुद्द तौल १ (एक) ग्राम २६० (दुई सय साठी) मिलिग्राम भएको लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । निजलाई पक्राउ गरी यस कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन