विज्ञापन

घरभित्रै महिलाको हत्या, हत्या पश्चात् घरभित्रै बाँधेर ढोकामा बाहिरबाट ताल्चा

Image

ठाकुरबाबा/ ठाकुरबाबा नगरपालिका वडा नम्बर १, भुरीगाउँमा एक महिलाको हत्या गरिएको अवस्थामा आफ्नै घरभित्र शव फेला परेको छ ।

ठाकुरबाबा १, भुरीगाउँकी ५१ वर्षिया राधा बोहोराको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।

आफ्नै घरभित्र सल जस्तो कपडाले घाँटीमा बाँधेर हत्या गरि घरको खाँबोमा बाँधेर घर बाहिरबाट ताल्चा लगाएको अवस्थामा महिलाको शव फेला परेको डिएसपी घर्ती मगरले बताउनुभयो ।

घरभित्रै घाँटीमा सल जस्तो लुगाले बेरेर हत्या गरि खाँबोमा बाँधीएको अवस्थामा रहेको र बाहिरबाट घरको ढोकामा ताल्चा लगाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घट्नाका सम्बन्धमा तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ, अनुसन्धान पश्चात् हत्यामा संलग्नलाई नियन्त्रणमा लिएपछि पत्रकार सम्मेलन मार्फत जानकारी दिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी केदार खनालले बताउनुभयो ।

प्रहरीका अनुसार फागुन २ गतेदेखि घर आसपास क्षेत्रमा नदेखेपछि महिलाका आफन्त र स्थानीयले प्रहरीमा खबर गरेपछि आज आइतबार विहान १० बजेतिर महिलाको घरमा प्रहरी पुग्दा ढोकामा ताल्चा लगाइएको थियो ।

घरभित्र मोबाइल वा कागजपत्र के छ स्थानीयको रोहबरमा ढोकाको ताल्चा खोल्ने अनि त्यसपछि खोजि गर्ने भनेर ताल्चा फोडेर घरभित्र पस्दा महिलाको शव खाँबोमा बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आज आइतबार विहान ११ बजेदेखि करिव ३ बजेसम्म तालिम प्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान गरेपछि महिलाको शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

पतिसंग सम्बन्ध विच्छेद भएपछि भुरीगाउँमा आफ्नै घरमा एक्लै बस्दै आइरहेकी मृतक राधा बोहोराकी एक छोरी रोजगारिका लागि अमेरीका रहेकी स्थानीयले जनाएका छन् ।tigerkhabar

विज्ञापन
विज्ञापन
विज्ञापन