
राजापुर/ राजापुर नगरपालिका वडा न. ८ कि देबु भण्डारीलाई सहयोग प्राप्त हुदै छ । २ हप्ता अघि धोबिनपुर स्थित उनको घरमा आगलागी हुदा अन्नपात कपडा लगायतका घरमा भएका सम्पुर्ण समान जलेर नष्ट भएको थियो ।
मगंलबारका दिन वडा न. ५का वडाअध्यक्ष रमेश दहित घर पुर्ननिर्माणमा सहोग होस भनेर रकम हस्तांतरण गर्न पुगेका छन । अध्यक्ष दहितले सो अवसरमा १५ हजार रुपैया हस्तांतरण गर्दे यस्तो बिपदमा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
देबु भण्डारी क्यान्सर पिडितका साथै ज्येष्ट नागरिक पनि हुन । उनि आफ्नो नातिनी सगैं आगलागी भएको घरमा बस्दै आएकी थिइन ।
देबु भण्डारी का लागी वडा न. ८ का निर्वतमान वडा अध्यक्ष चिन्तामणी आचार्य र युवा समाजसेवी अर्जुन चौलागाईले सामाजिक सञ्जाल मार्फत सहयोगका लागी आह्वान गरी रकम सकंलन गरेकोमा वडा न. ८ का वडा अध्यक्ष राजकिरण थारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
देबु भण्डारीको जग्गाको नाममा घरबासको १ कठ्ठा जमिन मात्र रहेको छ । घरमा आगलागी हुदा क्यान्सरको औषधी गराउन भनेर सकंलन गरेको चन्दाको रकम समेत जलेर नष्ट भएको थियो ।
हिउद लागे सगैं सुख्खा हुन, हावाहुरी चल्ने आगलागीका घटना बढ्ने हुदा यसतर्फ सचेत रहन आवश्यक देखिन्छ ।























