विज्ञापन

पहिलो पल्ट ठुलो लगानीमा उधोग सचांलनमा ल्याइदै, आयस्रोत डब्बल हुनेमा किसान ढुक्क ।

Image


ऋषि वाग्ले
राजापुर


बर्दियाको राजापुर नगरपालिकामा चिनि मिल सन्चालन हुन लाग्दा किसानहरु उखू रोप्नमा व्यस्त हुन थालेका छन् । पुर्खाको पाला देखीनै धान, गहु लगायतका परम्परागत अन्न बाली लगाउदै आएका यहाका किसानहरुले यस पटक सो चक्रलाइ तोड्दै उखु खेती गर्न लागेका हुन । उता मिल व्यवस्थापनले देशलाइ २ सातालाइ चाहिने चिनी बर्दियाले पुर्याउने लक्ष्य लिएर द्रुतगतीमा काम गरेको बताएको छ ।

पुर्खाको पाला देखी धान, गहु लगायतका अन्नबाली लगाइ जिविकोपार्जन गर्दे आएका राजापुर नगरपालिका ५ पहाडीपुरका तुलसीराम थारुले यस पटक आफ्नो सबै खेतमा उखू लगाउने तयारी गर्दे छन् । धान, गहु जस्ता अन्नबाली बर्षौ देखी लगाउदै आएता पनी त्यसले निर्वाह गर्न मात्र पुग्ने तर उखु खेतीबाट आम्दानी डबल हुने र एक पटक लगाएपछि ३ वर्ष सम्म उत्पादन लिन पाइने एव लागत पनि ह्वात्तै कम हुने भएपछि आफुहरु यसतर्फ आर्कषित भएको राजापुर नगरपालिका ५, पहाडीपुर का किसान त्ुालसीराम थारु बताउछन् ।

मुलुकभरीनै चिनीको माग बढ्दै गए पनि उत्पादन भने कम हुदै गएको छ । हाल देशमा उत्पादन भएको चिनीले १५० दिनको माग मात्र थेगीरहेको छ र बाकी चिनी भारत लगायतका देश बाट आयात हुने गरेको छ तर पछिल्लो समयमा भारतले पनि चिनी निर्यातमा कडाइ गरेको अवस्थामा बर्दियामा चिनीमिल खोलेर देसलाइ कम्तिमा दुइ साता चिनी पुगाउने लक्ष्य लिएर काम गरेको राजापुर सुगर एण्ड केमिकल इ. प्रा.ली.का प्रमुख प्रशासक इन्द्र ढकालले बताउनु भयो ।

चिनि उधोग अर्को वर्ष देखी सन्चालनमा आउने लक्ष्यका साथ निर्माण कार्य भइ रहेको छ । सुरुवाती चरणमा २ देखी ३हजार बिगाहामा उखु खेती लगाउनका लागी किसानहरु सगं सहकार्य गरिदै छ भने उधोग पुर्ण रुपमा संचालन भएमा प्रत्यक्ष ३०० जना र अप्रत्यक्ष एक हजार देखी पन्द्र सय जनाले रोजगारी पाउने छन । २ अर्बको लगानीमा खुल्न लागेको सो मिल बर्दियाको हालसम्मकै निजिलगानीबाट सचांलन हुन लागेको ठुलो मिल हो ।

विज्ञापन
विज्ञापन
विज्ञापन