विज्ञापन

बालबिवाह रोकथाम तथा लागु औषध दुव्यसनी सम्बन्धी अन्तरक्रिया

Image
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान

राजापुर /राजापुर नगरपालिका वडा न. ८ का बिभिन्न टोलहरुमा बालबिवाह रोकथाम तथा लागु औषध दुव्यसनी सम्बन्धी अन्तरक्रिया गरी समुदायमा सचेतना फैलाइएको छ

बुधवारका दिन धोबिनपुर टोलमा गरिएको अन्तरक्रियामा राजापुर नगरपालिका वडा न. ८ का अध्यक्ष राजकिरण थारुले प्रमुख अतिथिका आसन बाट बोल्दै बालबालिकाहरु कुलतमा लाग्नुमा अभिभावकको पनि उत्तिकै दोष हुनेहुनाले अभिभावकले आफना बालबालिकालाइ प्रयाप्त समय दिनु पर्ने बताउनु भयो ।

बिवाह गर्ने वा नगर्ने भन्ने बिषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानवअधिकारको दृष्टिकोणबाट आफुले रोजेको व्यक्तिसगं बिवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको अधिकार हो । यसका लागी नेपालमा बिवाहको लागी कानुनी उमेर २० वर्ष तोकिएको सिमा प्रहरी पोष्टका परमानन्द यादवले बताउनु भयो ।

राजापुर नगरपालिका महिला तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रिता चौधरीले सानो उमेरमा बिवाह गर्दा शिक्षा, स्वास्थ्य लगायतमा बिभिन्न समस्या आउने हुदा त्यसो नगर्न सबैलाइ आग्रह गर्नु भयो ।
हाम्रो समाजमा बालबिवाह भइरहेको अवस्था छ त्यसले गर्दा घरपरिवारमा झै झगडा र तनाव हुने र जसको फलस्वरुप लागुपदार्थको प्रयोगहुने र सम्बन्ध बिच्छेद सम्म पुग्ने गरेको तितो अनुभव अन्तरक्रियामा उपस्थित अधिकांश वक्ताहरुले बताए ।

कार्तिक २९ गते बाट सुरु गरिएको अभियान मसिंर ५ गते सम्म चल्दा वडाका भोगपुर, कोइली, ओस्ताजपुर, फत्तेपुर, पुरैना, धोबिनपुर गरी ६ वटा टोलमा अन्तरक्रिया सम्पन्न भइ सकेको र सोे अन्तरक्रियामा ५००को हाराहारीले सहभागीता जनाएको एवं आउने हप्ताको सुरुवातमा सडुवा र छोट्की भिम्मापुरमा अन्तरक्रिया गरिने राधाकृष्ण थारु जनसेवा केन्द्र कि फिल्ड सुपरभाइजर रेनु चन्दले जानकारी दिनु भयो ।

बालबिवाह र लागु औषध दुव्यर्सन बहुपक्षिय सरोकारको बिषय हो । देशको जनसांख्यिक लाभको रुपमा रहेको अमुल्य जनशक्ति बाल बिवाह र लागु औषधको जालमा फसेमा देशको उन्नती, प्रगती एवं समृद्धिमा समेत बाधा पुग्ने खतरा रहेकाले यसलाइ न्युनीकरण गर्नका लागी सरोकारवालाहरुले गम्भिरतापुर्वक काम गर्नु पर्ने हुन्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन