विज्ञापन

गेरुवा गाउपालिकामा मुक्त कमैया लगत सकंलनकर्ता लाइ एकदिने अभिमुखीकरण

Image

गेरुवा, असार २ / बर्दियाको गेरुवा गाउपालिकामा मुक्त कमैया लगत सकंलनकर्ता लाइ एकदिने अभिमुखकिरण दिइएको छ ।

मुक्त्त कमैया र छुट भएका कमैयाहरुको बास्तविक तथ्यांक र विवरण झल्कने प्रोफाइल तथार गर्ने उदेश्यले गेरुवा गाउपालिकाको सभाहलमा कमैया महिला जागरण समाजको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कमैया महिला जागरण समाजका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले बताए ।

फ्रिडम फण्डका कानुनी सल्लाहकार बालाराम भटराइले तथ्यांक सकंलन कर्ताहरु लाइ अभिमुखीकरण गराउदै यसका विभिन्न पहलुमा प्रकाश पार्नु भएको थियो ।

मुक्त कमैयाहरुको अभिलेख सकंलन आफैमा राम्रो प्रयास भएता पनि विगतमा नै मुक्त कमैया हरु ले पाउनु पर्ने सेवा सुविधाहरु पाइ सकेको हुनाले हाललाइ तथ्यांक सकंलन गर्न जादा अभिलेखिकरण मात्र गरिदै छ भनेर जनताहरु लाइ स्पष्ट पार्न गेरुवा गाउपालिकाका अध्यक्ष जमान सिहं केसीले तथ्यांक सकंलकहरु लाइ निर्देशन दिनु भयो ।

अभिमुखीकरण कार्यक्रमको उद्धघाटन सत्रमा गेरुवा गाउपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रसासकिय अधिकृत नुर बहादुर चन्द, १देखी ६ नम्बर सम्मका वडा अध्यक्षहरु, कर्मचारी हरु, मुक्तकमैयाहरु एवम पत्रकारहरुको उपस्तिथि थियो ।

बर्दियाको बढैयातालमा पनि कमैया महिला जागरण समाजले तथ्यांक सकंलनको कार्य गरिरहेको कमैयामहिला जागरण समाज का फिल्ड सुपरभाइजर सम्झना चौधरीले जानकारी दिनु भयो ।

मुक्त्त कमैया र छुट भएका कमैयाहरुको तथ्यांक र विवरण सकंलन गर्न गेरुवा गाउपालिकामा ७ जना गणक नियुक्त्त गरिएको छ । उनिहरुले घर घरमा गएर तथ्यांक सकंलन गर्ने छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन