गेरुवा । बर्दिया राष्ट्रिय निकुञ्जमा खुल्ला गर्ने भनिएको खरखडाई स्थगित भएको छ । अत्याधिक चिसोका साथै कुहिरोका कारण निकुञ्जमा काम गर्न नराउनका समस्या हुनुका साथै कुहिरोका कारण वन्यजन्तुसँग जम्काभेट भई मानविय घटना घट्न सक्ने भन्दै खरखडाई स्थगित गरिएको हो ।

यहि माघ ११ र १२ गते दुई दिनका लागि खुल्ला गरिने भनिएको निकुञ्ज अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिनुभयो ।























