बर्दिया, पौष २९ / राजापुर नगरपालिका वडा न. ८ को बरघर सञ्जालले मौलिक पहिचान झल्किने माघि मिलन कार्यक्रम गरेको छ ।
माघि पर्व नजिकिदै गर्दा बिभिन्न ठाउमा माघि मिलन समारोह भएको समाचार सामाजिक सञ्जालमा देख्न र सुन्न पाइन्छ । तर वडा न. ८मा रहेको बरघर सञ्जालले यस पटक अरु भन्दा फरक गर्ने प्रयास गर्दै पाहुनाहरुलाइ आ आफनो मौलिक पहिरनमा सजिएर आउन निम्तो वडा न. ८ बरघर सञ्जालका अध्यक्ष भोजलाल थारुले बताए ।
कार्यक्रममा उपस्थित वडाका जनप्रतिनिधि, वडाका कर्मचारीहरु, आधारभुत स्वास्थ्य केन्दका कर्मचारीहरु लगायत वडाका अगुवाहरुलाई थारु परम्परा झल्किने गरी टपरीमा भोजन र दुनामा पेय पदार्थ वितरण गरिएको थियो । यसरी सबैकुरा परम्परागत तरिका























