कर्णाली विकास बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न । राजापुर ।बैंकले आफ्नो कार्य क्षेत्र बाँके,बर्दिया र दाङ्गका २०वटा शाखाबाट असाेज ६ गते बित्तिय साक्षरताका लागि घर दैलाे कार्यक्रम सम्पन्न गरेकाे छ।

यसै सन्दर्भमा बैंककाे राजापुर शाखाले राजापुर न.पा.-४ मा ५० घरपरिवार घरदैलो कार्यक्रम बाट र राजापुर न.पा.-४घुमनाका २१जना कृषकलाई बित्तिय कार्यक्रम सन्चालन गरि स्थानीय बासिलाई बित्तिय साक्षरताकाे महत्त्व तथा उद्देश्यका बारेमा शाखा प्रमुख कृष्ण चन्द जानकारी गराउनु भयाे।

साथै कार्यक्रममा सहभागी राेशन चाैधरीले कार्यक्रमबाट सिकेका कुरा निकै उपयोगी भएकाले आफना घर-परिवार र छिमेकी समेतलाई सिकाउने बताउनु भयाे।























