
राजापुर/ नेकपा एमाले बर्दिया जिल्ला कमिटिले राजापुरमा जिल्ला एवं वडा पदाधिकारीहरुलाई प्रशिक्षण दिएको छ । २ दिन सम्म चलेको प्रशिक्षणमा पदाधिकारी हरुको क्षमता अभिमुखिकरण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीले १० औ महाधिवेशन बाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाको बारेमा बताउनु भएको थियो
नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष शालिकराम अधिकारीले राजनितिक दलहरुको तुलनात्मक अध्ययन, राष्ट्र राष्ट्रियता , जनजिविका र विकाश निर्माणमा श्रेष्टता लगायतका बिषयमा प्रष्ट पार्नु भएको थियो ।
सो अवसरमा दुर्गा ओली, खडक ब. खड्का, पदम ढकाल, लिला राना, अगंद श्रेष्ठले सगंठन निर्माण लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
नेकपा एमाले नगर अध्यक्ष शर्मा चौधरीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा ११० जना सहभागी थिए























