विज्ञापन

दुर्गम मझरा बस्तीमा बिजुल्ली बिस्तार, स्थानिय खुशी

Image

बर्दियाको राजापुर नगरपालिका वडा नं – १० मा रहेको दुर्गम मझरा बस्तीमा बिजुल्ली पुगेपछी स्थानिय खुशी भएका छन् । २०४६ साल देखी टुक्की र सोलार बाल्न बाध्य स्थानियहरु बिजुली पुगेपछी खुशी भएका हुन् । राजापुर नगरपालिकाको पहलमा नेपाल बिद्युत प्राधिकरण राजापुर बितरण केन्द्रले १ करोढ बढी लागतमा बिद्युत प्रसारण लाइन बिस्तार गरेपछी मmभरामा बिजुल्ली पुगेको हो । बिद्युत प्रसारण लाइनको एक कार्यक्रममा बिच राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले उद्घाटन गर्नुभयो । स्थानियको बषौंदेखीको माग लाइ ढिलै भएपनी सम्वोधन भएको छ नगर प्रमुख थारुले भन्नुभयो “मझरामा अन्य बिकाशका पूर्वाधार क्रमशः जोड्दै जानेछौं ।”बिजुल्ली पुग्ने कल्पना बाहिरको कुरा थियो स्थानिय अनतराम चौधरीले भन्नुभयो “३४ बर्षपछी बिजुल्ली पुगेको छ । अव मझराकु मुहार फेरीन्छ ।” राजापुर नगरपालिका वडा नं १० का अध्यक्ष शिवलाल थारुले बिद्युत बिस्तार सँगै मझरा बस्तिमा सडक स्तरोन्नती लगायतका बिकास निमार्ण भइरहेको भन्दै आगामि दिनमा मझराको बिकासमा लागीपर्ने बताउनुभयो । १ सय ५० को हाराहारीमा घरघुरी रहेको मझरामा ६० घरमा बिद्युत मिटर पुगेको र बाँकि घरमा यथासिघ्र मिटर पु¥याउने नेपाल बिद्युत प्राधिकरण राजापुर बितरण केन्द्र प्रमुख अनिल चौधरीले बताउनु भयो । दुवै तिर कर्णाली नदीले घेरेको मझरा टापुका बासिन्दा भौगोलिक बिकटताले बषौं देखी सास्ती झेल्दै आएका थिए । २ बर्ष अघि मझरा जोड्ने झुलुङ्गे पुल बनेपछी भने स्थानियहरु सुगमतामा जोडिएका हुन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन