विज्ञापन

राजापुरमा ठुलो लगानीमा चिनीमिल सन्चालनमा ल्याइदै

Image

कार्तिक ६, ऋषि वाग्ले

राजापुरमा चिनी मिल सन्चालन हुन लागेपछि किसानहरु उखु रोप्नमै व्यस्त हुन थालेका छन्।

बर्दियाको राजापुर नगरपालिका हालसम्म ठुला उधोगका रुपमा केही राइस मिल बाहेक कुनै ठुला उधोगहरु थिएनन। उधोग नभएपछि यहाका स्थानीय हरु श्रम बेच्न भारतलगायतका मुलुक जान बाध्य थिए। तर पछिल्लो समयमा राजापुरमा चिनि मिल सन्चालन हुने भएपछि स्थानीय हरु योग्यता अनुसार रोजगारी पाउनेमा ढुक्क भएका छन।

यज्ञ बहादुर ओलीको नेतृत्वमा राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रा.ली. ले राजापुर क्षेत्रमा जग्गा अधिग्रहण गरी काम शुरू गरेको छ। कानुन व्यवसायी महादेव रत्गैया, सफल व्यापारी भुवन बास्तोला, उधोग वाणिज्य संघ का पुर्व अध्यक्ष कृष्ण रेग्मी लगायतको टिमले, पहिलो चरणमा उखुखेती गर्नका लागि प्रेरित गर्न किसानहरु सगं दैनिक जसो भेटघाट गरी उखुखेती का फाइदाहरु बताएपछि किसानहरु यसतर्फ आकर्षित हुन लागेका छन्। परम्परागत (धान,गह, मकै, मसुरो)बाली लगाउदा प्राप्त हुने आम्दानी को तुलनामा उखुखेती मा आम्दानी बढी र मेहनत कमहुने भएपछि किसान हरु यसतर्फ आकर्षित हुनु स्वाभाविक भएको किसानहरु बताउछन्।

बिउ उत्पादनका लागि हाल पहिलो चरणमा १५ सय बिगाहामा उखु लगाइने छ। राजापुर नगरपालिका-५ झप्टीबाट उखु रोपाइको सुभारम्भ गरिएको छ। राजापुर नगरपालिकाको मेयर दिपेश थारुले किसानका बिचमा उखु रोपेर कार्यक्रमको सुभारम्भ गर्नुभएको छ। सुभारम्भमा बोल्दै मेयर दिपेश थारुले राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रा.ली. पुर्ण रुपले सन्चालनमा आएपछि यहाका स्थानीयले रोजगारी पाउने बताए। उनले थपे, ” सामान्य परिवारका यज्ञ ओली ले हिजोका दिनमा आफैले मेहनत गरेर सफलता प्राप्ति गरेको र भोलीका दिनमा चिनी मिलमा प्रत्यक्ष अप्रत्यक्ष आबद्ध भएका किसान, मजदुर लगायतलाइ कुनै पनि मर्का नपार्नेमा आफु बिस्वस्त भएकाले किसानहरु ले ढुक्क भएर उखुखेती गर्न आव्हान गर्नुभयो।

सुरुवातमा ६सय देखि ७सय करोडको(लगानी) हाराहारीमा सन्चालन हुन लागेको यस चिनी मिलले १० हजार बिगाहा मा उखु लगाउने लक्ष्य राखेको कम्पनी डाइरेक्टर यसोदा ओलीले बताउनुभयो।
पुर्ण रुपमा चिनीमिल सन्चालनमा आएपछि दक्ष र अदक्ष गरी एकहजार को हाराहारीमा स्थानीय व्यक्तिहरुले काम पाउने कम्पनीका प्रबन्ध निर्देशक यज्ञबहादुर ओलीले भौराटप्पा बुलेटिन लाइ बताउनुभयो।

राजापुर नगरपालिका -५, झप्टिका धन बहादुर नेपालीको खेतमा गरिएको उखु रोपाइ सुभारम्भ कार्यक्रममा नगरप्रमुख दिपेश थारु, कम्पनीका प्रबन्ध निर्देशक यज्ञबहादुर ओली, निर्देशक यसोदा ओली , सोही वडाका वडा अध्यक्ष रमेश दहित, वडा सदस्य जनक चौधरी, वडा नं २ का पुर्व वडा अध्यक्ष धरनीधर चौधरी, अस्थाइ प्रहरी बिट झप्टिका इन्चार्ज असइ चेतराम चौधरी, उखु बिज्ञ सन्तोष मिस्रा , सि.ए. टोप वहादुर शाही, कानुनी सल्लाहकार महादेव रत्गैया, बर्दिया उधोग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण रेग्मी, व्यवसायी भुवन बास्तोला लगायत स्थानीय किसानको उपस्थिति थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन