विज्ञापन

टीकापुर–७ मा २०१ बालबालिकालाई न्यानो कपडा वितरण

Image

टीकापुर/ टीकापुर नगरपालिका वडा नं। ७ भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

वडा नं। ७ को आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यक्रम अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो। सो सम्बन्धी जानकारी वडा सदस्य अभिमन्यु द थारुले दिनुभएको छ।

यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा वडा सदस्य राजकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

वडा नं। ७ भित्र बसोबास गरी विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत कुल २०१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको जनाइएको छ। न्यानो कपडा वितरण गरिएका विद्यालयहरूमा सेती मैयाँ चौधरी माध्यमिक विद्यालय झुङ्गा, भानुभक्त आधारभूत विद्यालय खक्रौला, कर्णाली माध्यमिक विद्यालय सत्ती तथा जनता रामावि झुङ्गा रहेका छन्।

चिसो मौसममा विद्यार्थीहरूलाई राहत पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन