विज्ञापन

अपाङ्गता भएका व्यक्तिका लागि २१ दिने निःशुल्क सीपमूलक तालिम

Image

अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजना तथा आरआरएन र डीजीएम नेपालको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिका लागि २१ दिने निःशुल्क सीपमूलक तालिम सुरु भएको छ।

भदौ १९ गतेदेखि सुरु भएको तालिममा गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका महिला तथा पुरुष सहभागी छन्। असोज १३ गतेसम्म सञ्चालन हुने तालिममा बेत–बाँसबाट विभिन्न सामग्री निर्माण गर्ने सीप प्रदान गरिनेछ।

तालिमको उद्घाटन गर्दै बढैयाताल गाउँपालिका–७ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम थारूले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई मेहनत र लगनशीलताका साथ तालिम लिन आग्रह गरे।

बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक वीरबहादुर खड्का, डेक नेपालका दशरथ थारूलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रका कोषाध्यक्ष चिन्तामणि कडेलले स्वागत मन्तव्य दिएका थिए भने महासचिव दलबहादुर सुनारले कार्यक्रम सञ्चालन गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन