विज्ञापन

जग्गाको निस्सा बितरण शुरु

Image


कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा भुमिहिन सुकुम्बासी ,अव्यवस्थित बसोबासी र दलित सुकुम्बासी हरुलाई जग्गाको निस्सा बितरण शुरु भएको छ । वडा न ७ मा रहेका भुमिहीन सुकुम्बासी १३० घरपरिवार, अब्यवस्थित बसोबास ६२१ र दलित सुकुम्बासी २६ घरपरिवार लाई आज एक कार्यक्रमको आयोजना गरि निस्सा बितरण यरीएको छ । निस्सा पाएका टीकापुर नगरपालिका वडा न ७ रामजानकी टोलका मीन बहादुर सुनारले निस्सा पाएपछि खुशीहुदै अब लालपुर्जा पाउने कुरा ढुक्क रहेको बताए । कार्यक्रममा टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले आफ्ना वडाका जनताका लागि हरेक कुरामा साथ रहने र यस क्षेत्रको बिकासका लागि हरसंम्भव भए सम्म तत्पर रहने एवं निस्सा बितरण पश्चात् नापनक्सा गराई पुर्जा बितरणका लागि प्रकृया अगाडि बढाउने बताए

विज्ञापन
विज्ञापन
विज्ञापन