विज्ञापन

टिकापुरबाट भण्डारण गरेको प्याज पक्राउ

Image

मान बहादुर ठकुल्ला टीकापुर / भारत बाट तस्करी गरेर नेपाल भित्र्याइएकाे ठूलो परिमाणको प्याज प्रहरीले बरामद गरेको छ । करिब १ लाख ५० हजार मुल्य बराबरको प्याज टिकापुर नगरपालिका वडा नम्बर ४ छकरखैला बाट प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीको सादा पाेशाककाे टोलीले मंगलबार बिहान छकरखैला बाट सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ ।पक्राउ गरिएको सामान मध्ये प्याज ३० कुन्टल रहेको प्रहरीले जानकारी दिएको छ । भारतीय बजार तिकुनियाँ देखि छकरखैला सम्म नेपाली र भारतीय नागरिकलाई साइकलमा क्यारिङ गर्न लगाउने र त्यहाँ बाट ट्रकमा लाेड गरेर नेपाली बजारमा पठाउने गरेको श्राेतले जानकारी दिएकाे छ । पक्राउ गरिएकाे प्याज कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्राैला पठाएका ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन