मान बहादुर ठकुल्ला टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वन उपभाेक्ता समुहकाे कार्यसमिति चयन प्रकृयाकाे बिबाद सुल्झिए पश्चात प्रचार प्रसारमा लागेका छन । पन्ध्र दिन देखि हुन नसकेकाे निर्वाचन प्रकृिया दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पछि बिबाद सुल्झिए संगै चुनाबी मैदानमा नयाँ उम्मेदवार जितराम चाैधरी र हेर बहादुर ठकुल्लाकाे प्यानल चुनाब प्रचार प्रसारमा हाेमिएका छन ।

जितराम चाधरी अध्यक्ष रहेकाे प्यानलमा उपाध्यक्ष मन्जु देवी चाैधरी काेषाध्यक्षमा अस्मिता ठकुल्ला र सह सचिबमा माेहन बहादुर रावल रहेका छन भने सचिबमा चाैधरी प्यानलका रामकृष्ण चाैधरी निर्बिराेध निर्बाचित भई सकेका छन । त्यसै गरि सदस्यमा साबिक धनसिहपुर गाबिस वडा न २ बाट रमेश बादी,झरना दमाई, फुलकुमारी डगाैरा थारु नरायणपुर ८ बाट गायत्री देवी स्वाँर,जसु देबी बिष्ट, सन्ताेष नेपाली नारायणपुर ७ बाट साधुराम चाैधरी,दिल कुमारी पुनमगर रहेका छन भने जितराम चाैधरीकाे प्यानलबाट नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकी कुमारी डगाैरा थारु निर्बिराेधरुपमा निर्बाचित भई सकेका छन ।

यता शेर बहादुर ठकुल्लाकाे प्यालनबाट उपाध्यक्षमा कला चलाउने धामी, काेषाध्यक्षमा राधा कुमारी जिसी र सह सचिवमा अाेमलाल सुनार रहेका छन । त्यसै गरि सदस्य पदका लागि साबिक धनसिहपुर गाबिस वडा न २ बाट चेतना नेपाली, सेत बहादुर साउँद, गंगा बि क रहेका छन भने नारायणपुर ८ बाट शारदा स्वाँर, नन्दा देबी साउँद, भिम बहादुर चाैधरी नारायणपुर ७ बाट माेसिया डगाैरा थारु मंगल बहादुर पुनमगर चुनाबी मैदानमा रहेका छन । नेपाल मै बेतबाँस ले परिचित सामुदायिक बनमा १२ सय भन्दा बढी उपभाेक्ता रहेका छन । निर्वाचन समितिकाे अधिल्लाे तालिका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका धनसिह साउँद र प्राङ्कुश चाैधरीले अाफ्नाे उम्मेदवारी फिर्ता लिए पश्चात् बिबाद सुल्झिए पछि अागामी कार्यकाल लागि नयाँ कार्यसमिति चयन प्रकृया निर्वाचन समितिले अगाडि बढाएकाे हाे । सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि दुई वटा प्यानलले चुनाबी प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन। गत मंगलबार बिहान ८ बजे अध्यक्ष पदका दाबेदार धनसिह साउँद र प्राङ्कुश चाैधरीले उम्मेदवारी फिर्ता लिए पछि जितराम चाैधरी र शेर बहादुर ठकुल्लाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन । । राजतैतिक खिचातानी गरेर सामुदायिक वनलाई धरापमा पार्ने काम कसैले गर्न नहुने स्थानिय बताउछन । नेकपा माअाेबादी र नेपाली काँग्रेस पार्टी बिच भएकाे खिचातानी का कारण एक पक्षले अर्काे पक्षकाे अस्तित्व स्विकार गर्न नसक्नुले निर्वाचन हुन गएकाे स्थानियकाे भनाई रहेकाे छ ।























