विज्ञापन

बढैयातालमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत विस्तारित बैठक सुरु

Image

बर्दियाको बढैयाताल गाउँ कमिटीअन्तर्गत नेकपा एमालेको मिसन पार्टी जागरण अभियानको विस्तारित बैठक आज मैनापोखरस्थित सुनगाभा होटलमा सुरु भएको छ।

बैठकमा पालिका कमिटी, प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरू, निर्वाचित जनप्रतिनिधि, वडा कमिटीका पदाधिकारी, जनसंगठनका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय सदस्यलगायतको सहभागिता रहेको छ।

पालिका कमिटी अध्यक्षको सभापतित्वमा सुरु भएको बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बर्दिया इन्चार्ज खड्गबहादुर खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। कार्यक्रममा प्रदेश कमिटी सदस्य कविराम थारूलगायत नेताहरूको उपस्थिति रहेको छ।
आम निर्वाचनमा पार्टीले व्यहोरेको अस्वाभाविक पराजयको समीक्षा गर्दै नेकपा एमालेले पार्टी पुनःजागरण अभियानलाई अघि बढाउने जनाएको छ। अभियानमार्फत नेता तथा कार्यकर्ताको खस्किएको मनोबल उच्च बनाउने, जनतासँग टुटेको सम्बन्ध पुनःस्थापित गर्ने तथा पार्टीभित्र देखिएका समस्या समाधान गर्ने लक्ष्य राखिएको छ। साथै, नेता–कार्यकर्ताको जीवनशैली, कार्यशैली र कार्यपद्धतिमा सुधार गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने एमालेको योजना रहेको जनाइएको छ।

भौराटप्पा सवांददाता ज्ञानेन्द्र पोख्रेलले बासगढी नगरपालिकाका प्रमुख खड्ग बहादुर खड्का सगं गरिको कुराकानी:—

विज्ञापन
विज्ञापन
विज्ञापन