विज्ञापन

समुदाय–प्रहरी सहकार्यमा योगदान पुर्‍याएको भन्दै टीकापुरका सई सुशील चन्द सम्मानित

Image

टीकापुर/  नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) सुशील चन्द सम्मानित भएका छन्। हाल टीकापुरस्थित सत्ती प्रहरी चौकीको कुशल नेतृत्व गरिरहेका चन्दलाई नारायणपुर जेसिजद्वारा शनिबार सम्मान गरिएको हो।

समुदाय–प्रहरी साझेदारीलाई सुदृढ गर्दै नागरिकमैत्री प्रहरी सेवाको अभ्यास, शान्ति–सुव्यवस्था कायम तथा समाजमा सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सत्ती प्रहरी चौकीका इन्चार्ज चन्दलाई गरिएको हो ।

नारायणपुर जेसिजले आफ्नो २५औँ शाखा अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा चन्दलाई सम्मान पत्र प्रदान गरेको हो। सत्ती प्रहरी चौकीमा इन्चार्जको रूपमा कार्यरत रही उनले यश क्षेत्रको शान्ति सुरक्षा, कानून कार्यान्वयन तथा जनसेवामा उच्च जिम्मेवारीका साथ निर्वाध रूपमा निर्वाह गरेको भूमिका, उत्कृष्ट नेतृत्व, कर्तव्यनिष्ठा र इमान्दार सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको नारायणपुर जेसिजले जनाएको छ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रुपकबहादुर बिष्टले प्रहरी र समुदायबीचको सहकार्यले समाजमा स्थायी शान्ति र सुरक्षाको आधार निर्माण हुने उल्लेख गर्दै सुशिल चन्दजस्ता जिम्मेवार प्रहरी अधिकृतको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।

विज्ञापन
विज्ञापन
विज्ञापन