विज्ञापन

दुई प्यानलबीचको विवाद समाधान, धनसिंह साउँद बने अध्यक्ष

Image

टीकापुर नगरपालिका–८ बटनपुरस्थित धनसिंहपुर ग्रामीण विद्युत सहकारी संस्थामा लामो समयदेखि अल्झिएको नेतृत्व विवाद समाधान हुँदै नयाँ कार्यसमिति चयन गरिएको छ। २०८१ पौष ६ गते साधारणसभा सम्पन्न भए पनि राजनीतिक खिचातानीका कारण ९ महिनासम्म नयाँ नेतृत्व चयन हुन सकेको थिएन। तर, अनलाई खबरमा समाचार प्रकाशित भएको चार दिनमै सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा नयाँ पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ। निर्वाचन समितिका संयोजक भीमबहादुर महरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं। ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला रहेका थिए। कार्यक्रममा निर्वाचन समितिका सदस्य तारा साउँदले स्वागत मन्तव्य राखेकी थिइन् भने निवर्तमान अध्यक्ष रणबहादुर साउँदले शुभकामना व्यक्त गरेका थिए।

नयाँ नेतृत्वमा

अध्यक्ष – धनसिंह साउँद

उपाध्यक्ष -मनसरा साउँद

कोषाध्यक्ष – मथुरा देवी साउँद

सचिव – रतन खत्री

सदस्यहरू – धर्म साउँद, मनसरा बिक, मीनबहादुर बुढा, बिक्रम थारु, उर्मिला चौधरी

विवादको पृष्ठभूमि

साधारणसभामा सुरुवातमै अध्यक्ष रणबहादुर साउँद र धनसिंह साउँदको दुई अलग प्यानलले उम्मेदवारी दर्ता गरेका थिए। तर, सहमति नजुट्दा नेतृत्व चयन हुन सकेन।

निर्वाचन समितिका संयोजक भीमबहादुर महरका अनुसार संघीय सहकारी ऐन तथा नगरपालिकाद्वारा जारी नियमावलीअनुसार अध्यक्षसहित कार्यसमितिलाई दुई कार्यकाल भन्दा बढी जिम्मेवारी लिन नपाउने व्यवस्था छ। पुरानो समितिले दुई कार्यकाल पूरा गरिसकेकाले तेस्रो कार्यकालमा निरन्तरता दिन नपाइने भन्दै विवाद चर्किएको थियो।

तर अन्ततः सहमति हुँदै धनसिंह साउँदको अध्यक्षतामा नयाँ समिति बनेपछि ९ महिनादेखिको संस्थागत अनिश्चितता अन्त्य भएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन