विज्ञापन

युनिक नेपाल ३१ औ वर्षमा प्रवेश

Image

जोतपुर/ सामाजिक रूपान्तरणका लागि सक्रिय संस्था युनिक नेपाल बर्दियाले आफ्नो स्थापना दिवस एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले युनिक नेपाल र राजापुर नगरपालिकाको सहकार्यले राजापुरमा आवास बिहिनले आवास पाएको बताृउदै आउदा दिनहरुमा पनि सहकार्य गर्दे अघि बढ्ने बताउनु भयो ।

विक्रम सम्बत २०५२ सालमा स्थापना भएको युनिक नेपाल बर्दियाले विगत तीन दशकभन्दा लामो समयदेखि स्थानीय समुदायमा जनचेतना अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामाजिक समावेशीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ । संस्थाले हालसम्म गरेका महत्वपूर्ण गतिविधिहरूको समीक्षा गर्दै सामाजिक रूपान्तरणमा संस्थाको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो । राजापुर नगरपालिका वडा नं २ का सदस्य राम प्रसाद थारू, बालाबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी, युनिक स्पोर्ट क्लवका अध्यक्ष राम स्वरुप चौधरी, ससत्र प्रहरी प्रमुख डिएसपी राजेन्द्र कुवर लगायतका वक्ताहरुले युनिक नेपालले गरेको कामको प्रसंसागर्दै शुभकामना दिएका थिए ।युनिक नेपालका अध्यक्ष एंव कार्यक्रमका सभापति प्रिम बहादुर थारुले विगतका दिाहरुमा जस्तै आउदा दिनमा पनि जनताका लागी जनमुखी कार्यक्रमहरु बनाउने बताउनु भयो ।

युनिक नेपालले पछिल्लो समय लैंगिक रुपान्तरण, वित्तीय साक्षरता अभिवृद्धि, न्यून आय भएका व्यक्तिहरूको आयआर्जनको क्षमता विकास, स्कुले बिद्यार्र्थीहरुलाई छात्रबृत्ती योजना, साथै बरघर, गुरुवा, बैदवा जस्ता पारम्परिक तथा सामाजिक मुद्दाहरूमा समेत सक्रिय रूपमा कार्यगर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, सञ्चारकर्मी, बरघर, प्रस्तावित ससत्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख, स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन