विज्ञापन

राजापुरमा बिधिवत रुपमामा छठपुजा सम्पन्न

Image

राजापुर/ छठ सुर्यको उपासना गरी मनाइने पर्व त हो नै, छठीमाताको आराधना गरी पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्ने अवसर पनि हो । राजापरु नगरपालिकामा रहेको सत्ति कर्णाली घाटमा छठीमाताको पुजा गरी यस वर्षको छठपुजा समापन गरिएको छ ।
सुर्यको उपासना गरी मनाइने छठ पर्वमा बिहिवार अस्ताँउदो सुर्यलाइ अर्घ दिएका राजापुरका भक्तालुले शुक्रबार जलाशयमा शरिरको आधा भाग सम्म डुबेर अर्घकै पुजा सामाग्री उदाउदो सुर्यलाइ सर्मपण गरी छठ पुजा गरेका छन ।
पारिवारिक सुख समृद्धि र शान्तिको कामनाका लागी मनाइने छठ पर्वमा श्रद्धालुहरु सुर्य देवतासगँ प्राथना गर्नुको साथै आफ्नो दुख कष्ट र रोगको नाश होस् भन्ने कामना समेत गर्ने गरेको राजापुरका राजेन्द्र ठाकुर बताउछन ।

सर्वप्रथम अस्रिमुनिकी धर्मपत्नीले सफल दाम्पत्य जिवनका लागी कात्तिक शुक्ल षष्ठीका दिन यो पर्व मनाउने गरेको सुर्यपुराणमा उल्लेख गरिएको छ । सोही समयदेखी छठ पर्वको सुरुवात भएको सामाजिक मान्यता रहेको छ । बिगतमा मधेशी समुदायको मात्र पर्व मानिएको छठमा पछिल्लो समयमा गैर मधेशी समुदायले पनि मिलेर पुजा अर्चना गर्ने गरे राजापुर ४ का बिश्वमान प्रधानले बताए ।

छठको ब्रत बिधिपुर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफना सम्पुर्ण दुख कष्ट हटेर शुभ हुदै जाने जनविश्वास छ । भेदभावबिना सम्पुर्ण प्राणीलाइ समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतिक सुर्यको महिमालाइ आत्मसात गरी कात्तिक शुक्ल चतुर्थीदेखी सप्तमीका दिन सम्म नदि तालतलैया वा पोखरीको किनारमा अस्ताउदो र उदाउदो सुर्यको किरणलाइ दुधको अर्घ दिएर पुजा आराधना गरीने चलन छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन