विज्ञापन

वडा न. ६ ले चौकीदारहरु लाई सामाग्री हस्तान्तरण

Image

राजापुर नगरपालिका वडा न. ६ ले वडामा भएका चौकीदारहरु लाई काम गर्न सहज होस भनेर सामाग्री हस्तान्तरण गरेको छ ।

वडा न. ६का अध्यक्षको सभापतित्व मा सञ्चालन गरिएको कार्यक्रममा वडा सदस्यहरु,टोल बरघरहरु, चौकिदारहरु, वडामा भएका स्कुलका प्र.अ.हरु, स्वास्थ्य चौकीका इन्चार्ज लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव अनिता चौधरीले गर्नु भएको थियो ।
अध्यक्षको आसनबाट बोल्दै असराज न्योपानेले आफुहरु चुनाब जितेर आए पछि प्रत्येक वर्ष चौकिदारहरुलाइ बजेट छुट्टाएर सामाग्रीहरु हस्तांतरण गर्दे आएको स्मरण गर्नु भयो ।

वडा न. ६ मा १३ वटा टोल भएता पनि ११ जना मात्र चौकिदार भएकाले ११ जना लाइ सामाग्री हस्तांतरण गरिएको वडा न. ६का सचिव अनिता चौधरीले बताउनु भयो ।
२१ औ शताब्दीको अहिलेको समयमा सञ्चार माध्ययमले ठुलै फड्को मारेता पनि गाउघरमा अझपनि चौकिदारहरुको भुमिका महत्वपुर्ण रहेको वडा न. ६का सदस्य बलबिर रानाले बताउनु भयो ।

वडा न. ६को कार्यालयले यसवर्ष सो शिर्षकमा २५हजार बिनियोजन गरेको र सो रकम बाट ११ जना चौकिदारलाइ १ थान छाता, एक थान गमबुट र एक थान दौसल्ला दिइएको सचिव अनिता चौधरीले बताउनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन