टीकापुर / कैलालीको टीकापुरमा प्रहरीले लागुऔषध सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ ५ स्०० बजेको समयमा ईलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं। ०४ अस्नेरी स्थित सडक खण्डमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं। ०१ नया बस्ती बस्ने वर्ष २१ को धुर्व साउद र बर्ष २४ को देबराज साउद सत्तीबाट टिकापुर तर्फ आईरहेको अबस्थामा निजहरु दुबै जनालाई शंका लागी चेकजाँच गर्दा देबराज साउदको साथबाट कुल शुद्ध तौल ३ ग्राम १२० मिलिग्राम लागु औषध ९खैरो हेरोईन० जस्तो देखिने धुलो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखि थप अनुसन्धान भईरहेको डिएसपी नवीन राजा बुढाथोकीले जनाएका छन ।























