विज्ञापन

गैँडाकाे आक्रमणबाट बर्दियामा टुरिष्ट गाइडकाे ज्यान गयाे, विदेशी पर्यटक घाइते

Image

बर्दियामा गैँडाकाे आक्रमणबाट एक जना टुरिष्ट गाइडकाे ज्यान गएको छ भने एक जना विदेशी पर्यटक घाइते हुनुभएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतकाे बीचमा पर्ने मधुवन नगरपालिका १ डल्लाकाे शिव सामुदायिक वन भित्र गैँडा अवलोकनका क्रममा गैँडाकाे आक्रमणबाट ठाकुरबाबा नगरपालिका ९ का ३६ वर्षिय टुरिष्ट गाइड मनमाेहन चाैधरीकाे घटनास्थलमै ज्यान गएको हाे भने गैँडाकाे आक्रमणबाट ५६ वर्षिय अमेरिकी पर्यटक सावन मेक लेन्डाेन USA का ( Shawn MC Lendon) घाइते भएका निकुञ्जका सुचना अधिकारी पुरुषाेतम वाग्लेले बताउनुभयो ।

शिव सामुदायिक वनका वन हेरालु थेङ्चुु थारुसहित टुरिष्ट गाइड मनमाेहन चाैधरी र विदेशी पर्यटक गैँडा अवलोकनका लागि आज शुक्रबार विहान सामुदायिक भित्र गएका बेला ८ बजेतिर गैँडाले आक्रमण गरेकाे वडा अध्यक्ष थापाले बताउनुभयाे ।

गैँडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई गैँडाले आक्रमण गरेपछि घाइते अवस्थामा रहेका उहाँलाई बचाउन खाेज्दा टुरिष्ट गाइड चाैधरीलाई गैँडाले आक्रमण गर्दा टुरिष्ट गाइड चाैधरीकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ । गैँडाकाे आक्रमणबाट घाइते हुनुभएका विदेशी पर्यटककाे खुट्टामा गम्भीर चाेट लागेकाे छ ।

घाइते पर्यटकलाई उपचारका लागि नेपालगन्ज पठाइएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी दाेर्णराज शर्माले जानकारी दिनुभयो । सामुदायिक वनका वन हेरालु सकुशल रहेका उहाँले बताउनुभयाे ।

विज्ञापन
विज्ञापन
विज्ञापन