विज्ञापन

तरकारीमा आत्मनिर्भर बनाउनका लागी वास्तविक तरकारी खेति गर्ने किसानलाइ सर्पोट

Image

राजापुर, साउन १९ / अहिले वर्षा याम छ र दिनहुजसो पानी परी रहेको छ । वर्षा याममा चारैतिर पानी जम्मा हुने हुनाले हरियो तरकारीको उपलब्धता चाही कमै हुन्छ र मुल्य आकासिन्छ । खरिदकर्ताले पैसाहालेर किन्छु भन्दा पनि ताजा तरकारी पाउदैन । यस्तो अवस्थालाइ चिर्न र वर्षा याममा स्थानिय उत्पादनको उपलब्धता सुनिश्चित गर्ने उदेश्यले राजापुर नगरपालिकाले बेमौसमी एवं उन्नत तरकारी खेती गर्ने किसान लाइ वर्षा याम सुरु हुनु अगावै अनुदानमा सामाग्री हस्तांतरण गरेको थियो ।

तरकारी हाम्रो शरिरका लागी आतिआवश्यक भएपनि नेपालको तरकारी बारै मास सजिलै उपलब्ध हुदैन र भारतलगायतका ठाउबाट आयात गर्नु पर्ने बाध्यता छ । यस्तो अवस्थालाइ चिर्न र वर्षा याममा स्थानिय उत्पादनको उपलब्धता सुनिश्चित गर्ने उदेश्यले राजापुर नगरपालिकाले बेमौसमी एवं उन्नत तरकारी खेती गर्ने किसान लाइ वर्षा याम सुरु हुनु अगावै अनुदानमा प्लाष्टिक टनेल, स्प्रे टकीं, तरकारी राख्नका लागी क्यारेट, पानीको मोटर लगायतका सामाग्री हस्तांतरण गरेको थियो । पालिकाबाट बिभिन्न समयमा बेमौसमी एवं उन्नत जातका तरकारी उत्पादन गर्ने आफु जस्ता किसानलाइ सर्पोट हुदै आएको र यसबाट जिविको पार्जनमा सहयोग पुगेको राजापुर नगरपालिका वडा न. ६ बिक्रमपुरका किसान महेश चौधरी बताउछन ।

हाम्रो दैनिक खानामा तरकारीको विषेश महत्व छ । तरकारी उत्पादन बाट हाम्रो दैनिक खानामा पोषण तत्वको अवस्था सुधार्न सकिने र आम्दानी पनि बढ्ने हुन्छ । तरकारीलाई सुरक्षात्मक खाद्य वस्तुको रुपमा लिईन्छ । किनभने तरकारीमा आवश्यक मात्रामा खनिज तत्वहरु, भिटामिनहरु, आवश्यक एमिनो एसिडहरु पाईन्छ ।

अहिले हिउदे तरकारीको लागी ब्याड राख्ने समय सुरु भएकाले राजापुर नगरपालिकाको कुषि शाखाले बेमौसमी तरकारी खेती गर्ने किसानलाइ अति आवश्यक बिषदी वितरण गरीरहेको शाखाका कृषि प्राविधिक रमेश वलीले भौराटप्पा बुलेटिनलाइ जानकारी गराए ।

राजापुर नगरपालिका लाइ तरकारीमा आत्मनिर्भर बनाउनका लागी वास्तविक तरकारी खेति गर्ने किसानलाइ सर्पोट गरी उनिहरुको सख्या बढाउदै लैजानु पर्छ । उनिहरुलाइ चाहिने सामाग्री अनुदानमा दिइ कृषि प्राविधिकहरुलाइ साप्ताहिक किसानको बारीमा गइ चेक जाच गर्ने तालिका कृषि शाखाले बनाउनु पर्छ । यसो गर्नाले स्थानियहरुले ताजा तरकारी खान पाउथे भने किसानको पनि आयआर्जन बढ्ने थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन