टपरा, साउन १८ / माध्यमिक शिक्षा परिक्षा (एस.इ.इ) मा राजापुर नगरपालिका वडा न. ६ बाट अधिकतम अकं ल्याउने एक छात्र र एक छात्रालाइ वडा कार्यालयले सम्मान गरेको छ ।
छात्र तर्फ अग्नी न्योपानेले सबैभन्दा बढी ३.४ जि.पि.ए. ल्याएका थिए भने छात्रा तर्फ अजंना गिरीले २.८९ जि.पि.ए. ल्याएकी छिन । दुवै जना विद्यार्थीलाइ वडा न. ६का अध्यक्ष एवं नगर प्रवक्ता असराज न्योपानेले एक एक थान झोला र साइकिल हस्तांतरण गनुु भएको छ ।
मानपुर मा.वि. टपराको मैदानमा प्राथना समयमा गरीएको कार्यक्रमलाइ सोही स्कुलका प्रधानाध्यापक मोहन चौधरीले सञ्चालन गर्नु भएको थियो । सो अवसरमा वडाका सम्पुर्ण जनप्रतिनिधिहरु, स्कुलका शिक्षक एव विद्यार्थी उपस्थित थिए ।
सम्मान एवं पुरुस्कार पाएका न्योपाने र गिरी हर्षित मुद्रमा थिए । आफुले मेहनत गरेर पढेकाले सम्मान पाएकोले आउने ब्याचलाइ पनि मेहनत गरेर पढ्न सल्लाह दिए ।
गत शैक्षिक शत्रमा मानपुर मा.वि टपरा बाट ९५ जनाले एस.इ.इ. परिक्षा दिइ ६जना उतिर्ण भएका छन ।






















