टीकापुर / कैलालीको टीकापुर स्थित ईलाका प्रहरी कार्यालयमा गत आर्थिक वर्ष ०८०र८१ मा दुई सय ४ वटा मुद्दा दर्ता भएका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले उक्त एक वर्षको तथ्यांक दिँदै दुई सय ४ मुद्दा दर्ता हुँदा एक सय ९९ जनालाई पक्राउ गरिएको बताए । जसमा एक सय ९० पुरुष र ९ जना महिला रहेका छन् ।
सबैभन्दा धेरै लागूऔषधका मुद्दा दर्ता भएको बताउदै सोही मुद्दा शिर्षकमा धेरै जना पक्राउ परेको जानकारी दिए । लागूऔषधमा गत आव ०८०र८१ मा ५८ वटा मुद्दा दर्ता हुँदा ८२ जना पक्राउ परेको तथ्यांक ले देखाउछ ।आर्थिक वर्ष ०७९र८० मा लागूऔषधमा ५१ वटा मुद्दा दर्ता भएकोमा ६७ जना पक्राउ परेका थिए ।
ईलाका प्रहरी कार्यालयको तथ्यांकमा लागूऔषधपछि झुन्डिएर आत्महत्या शिर्षकमा बढी मुद्दा दर्ता भएको देखिन्छ । उक्त मुद्दा शिर्षकमा ३० वटा मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारमा २६ वटा मुद्दा दर्ता भएकोमा ३६ जना पक्राउ परेका छन् भने भवितब्य ज्यानमा २४ वटा मुद्दा दर्ता भएका छन् ।
त्यसै गरि बैंकिङ कसुरमा १३ वटा मुद्दा दर्ता हुँदा २ जना मात्र पक्राउ परेको तथ्यांकमा उल्लेख छ । फुटकर ज्यान शिर्षकमा १० वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगमा ८ वटा मुद्दा दर्ता हुँदा १८ जना पक्राउ, जबर्जस्ति करणीमा ८ वटा मुद्दा दर्ता हुँदा ९ जना पक्राउ परेका छन् । कर्तव्य ज्यान शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा ६ पुरुष, ५ महिलासहित १० जना पक्राउ र डाका चोरी शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा १० जना पक्राउ परेका छन् । सवारीबाट भवितव्य ज्यान र बिष सेवन, आत्महत्या दुरुत्साहनमा एकरएक वटा मुद्दा दर्ता भएका छन् ।
वैवाहिक करणीमा एक वटा मुद्दा दर्ता र एक जना पक्राउ, गर्भपतनबाट कर्तव्यमा परिणत शिर्षकमा एक वटा मुद्दा दर्ता र एक महिलासहित दुईजना पक्राउ, नकबजनी चोरीमा एक वटा मुद्दा दर्ता र दुई जना पक्राउ, साधारण चोरीमा दुई वटा मुद्दा दर्ता र दुई जना पक्राउ, सवारी ज्यानमा तीन वटा मुद्दा दर्ता र दुई जना पक्राउ, ठगीमा दुई वटा मुद्दा दर्ता र एक जना पक्राउ, जुवामा दुई वटा मुद्दा दर्ता र २० जना पक्राउ परेका छन् ।
इन्स्पेक्टरका अवस्थीका अनुसार अदालतको फैसला कार्यान्वयनको क्रममा ०८०र८१ मा ७८ जना फरार प्रतिवादीसमेत पक्राउ गरिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०७९र८० मा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । तर मुद्दा दर्ता संख्यामा भने अघिल्ला आर्थिक वर्ष भन्दा केही कमी भएको देखिन्छ । ईलाका प्रहरी कार्यालय टीकापुरको त्रिवर्षीय तालिका हेर्दा ०७८र७९ मा दुई सय १७ वटा मुद्दा दर्ता, ०७९र८० मा दुई सय १४ वटा मुद्दा दर्ता र ०८०र८१ मा दुई सय ४ मुद्दा दर्ता भएका छन् । यो तालिकाले क्रमशः मुद्दा दर्ता संख्या घटिरहेको देखाएको छ ।त्यसैगरी ईलाका प्रहरी कार्यालय भजनीमा गएको आर्थिक बर्ष ०८०र०८१ मा ९८ वटा मुद्दा दर्ता भएका छन जसमा सबै भन्दा झुन्डिएर आत्महत्याका मुद्दा रहेको ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरिक्षक लोक राज जोशीले जानकारी दिएका छन । निरिक्षक जोशीका अनुसार झुन्डिएर आत्महत्याका ३४वटा मुद्दा रहेको बताए । त्यसपछि लागुऔषधका ११ वटा मुद्दा दर्ता भएको बताए ।भजनी क्षेत्रमा जबर्जस्ती करणीका मुद्दामाको अवस्था हेर्दा ७ वटा रहेको तथ्यांक ले देखाएको छ । ईलाका प्रहरी कार्यालयको तथ्यांकअनुसार ज्यान मार्ने उद्योग मा १ वटा, भबितब्य ज्यान सम्बन्धि ६ वटा मुद्दा ,फुटकर ज्यान सम्बन्धि ३ ,बिषसेवन सम्बन्धि ४ ,ठणी १ ,बैबाहिक करणी सम्बन्धि १ ,सवारी ज्यान सम्बन्धि ६ ,बैकिङ्ग कसुरको १ र अन्य गरि एक वर्षमा ९८ वटा मुद्दा दर्ता भएको प्रहरी निरिक्षक जोशीले जानकारी दिए । उनका अनुसार भजनी क्षेत्रमा आत्महत्याका घट्ना बढी हुने गरेकोले यस क्षेत्रमा सचेताना मुलक कार्यक्रम संचालन गरि आत्महत्याका घट्नामा कमी ल्याउनका लागि स्थानिय सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए ।
























