राजापुर नगरपालिकाले कामकाजी महिला एवम् पुरुषलाइहरु लाइ बासको हस्तकला सामाग्री बनाउने तालिम दिएको छ ।
बर्दियामा बास सुपथ मुुल्यमा पाउन सकिन्छ । अझ यहा बास नबिकेर त्यसै खेर जाने गरेको अवस्था पनि सिर्जना भइ रहेको हुन्छ ।
जिल्लाको राजापुर नगरपालिकाले त्यस्तो खेर जाने एवम् सजिलै उपलब्ध हुने बास बाट हस्तकलाको सामाग्री बनाउने तालिम सञ्चालन गरेको छ ।
पालिकाको उद्यम बिकास शाखा मार्फत वडा न. ८ का स्थानियहरु लाइ बासको हस्तकला बनाउने तालिम दिइउको वडाअध्यक्ष राजकिरण थारुले बताए
२ जना पुुरुष र १८ जना महिला हरु गरी २० जना लाइ तालिम दिइएको छ । १५ दिनको तालिममा सहभागी हरुले फुलदानी,कलमदानी लगायतका ६वटा सामाग्री बनाउन सिकेको सहभागीहरु बताउछन ।
तालिममा सहभागी भएकाहरुले बिहान बेलुका घरमा काम गरेर दिउसोको खाली समयलाइ सदुपयोग गरी आय आर्जन गरुन भन्ने उदेश्यले तालिम दिइएको छ ।
सहभागी हरु बाट उत्पादन भएका सामाग्रीहरु पालिकाले सञ्चालनमा ल्याउने कोसेली घर बाट बिक्री गर्ने योजना रहेको वडाअध्यक्षले बताए ।






















